धरानः धरान–१६ स्थित यु.एन.नबोदय कलेजले आफ्नै प्राङ्गणमा आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, वक्तृत्वकला र कविता प्रस्तुत गरे ।
ट्यालेन्ट शो मा गीत तर्फ चाहत श्रेष्ठ, दीया राई र रियल मगर क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । एकल नृत्यतर्फ निमिशा राई, सविना वन र आकृति राई क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । त्यस्तै, सामूहिक नृत्यतर्फ कक्षा–११ सेक्सन डि का आलिया राई, आशा राई, जेनिशा चौधरी र श्रीया मगरको समूह पहिलो भयो । त्यस्तै, पूजा राई, एरिना गुरुङ, स्नेहा गुरुङ, एरिका मगर, याना राई, साहित्मा तामाङ, नयुमा राई, तानिशा लिम्बू र याना काफ्लेको समूह दोश्रो भयो । यसैगरी सेक्सन सी का रोजी लिम्बू, समिता मगर, ललिसा तामाङ र श्रेसा ताम्राकारको समूह तेश्रो भयो ।
कवितातर्फ स्नेहा निरौला, एन्जिला कार्की र ज्योतिकुमारी यादब क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । वक्तृत्वकला नेपालीतर्फ युना ताम्ली, कालुमान राई र युनिक कुलुङ राई क्रमशः पहिलो, दोश्रो र तेश्रो भए । वक्तृत्वकला अङ्ग्रेजीतर्फ शिवानी भुजेल, निशा हाङ्मा लिम्बू र सेन्थिया लिम्बू क्रमशः पहिलो, दोश्रो र तेश्रो भए ।
हरेक विद्यार्थीसँग केही न केही प्रतिभा हुन्छ त्यही प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रत्येक वर्ष ट्यालेन्ट शो गरिँदै आएको युएन नवोदयका क्याम्पस प्रमुख प्रिन्सिपल डम्बरकुमार तुम्बापोले जानकारी दिए । सबै विधाका बिजेताहरुलाई कक्षा–११ का नव आगन्तुक विद्यार्थीहरुका लागि आयोजना गरिने स्वागत कार्यक्रमका अवसरमा पुरस्कृत गरिने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।