समाजमा आप्mनै रितिरिवाज, संस्कार, संस्कृति, परम्परा छन् । समाजमा यस्ता जोडी छन् । प्रेम सफल हुँदैन भन्नेहरुका लागि सफल छ भन्ने देखाएका मात्रै छैनन् फरक–फरक समुदायबीच संस्कृति, चालचलन, परम्परा र अनुभव पनि साटिरहेका छन् । यिनी जोडी समाजले देख्दा मात्रै होइन सुखी छन्, सफल छन् अनि सामाजिक सद्भाव कायम राख्न पनि तल्लिन छन् । सारमा भनौं उनीहरू उदाहरणकै रुपमा प्रस्तुत छन्–समाज जोड्ने जोडी भनेर, उनीहरु सफल पनि छन् ।
जनयुद्धताका पाँचथरको रवि बजारमा एक अर्कामा चकलेट साटेर जनवादी विवाह गरेका अइन्द्रविक्रम बेघा र सविना खनाल (बेघा) एक पात्र हुन् जसले खनालकी छोरी विवाह गरे ।
विवाह भएको करिब १२ वर्ष भयो । अहिले छोरी एकता १२ वर्षकी भइन् । उनी अहिले सफल राजनीतिज्ञको रूपमा चिनिन्छन् । वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय उनले डिप्लोमा सम्मको शिक्षा हासिल गरेका छन् । स्कूले बेलामै माओवादीनिकट विद्यार्थी सङ्गठनमा लागेको उनी विद्यार्थीको इकाई कमिटी, केन्द्रीय सचिव हुँदै माओवादीको केन्द्रीय सदस्य समेत बने । सङ्घीय मामिला संविधानसभा तथा संस्कृति मन्त्रालयको मन्त्रीको प्रमुख स्वकीय सचिव भइसकेका उनले जनयुद्धकालमा ११ महिना बेपत्ता, ३ वर्ष जेल जीवन बिताएका थिए । विभिन्न क्लब साथै सामाजिक सेवामा पनि समर्पित रहँदै आएका छन् । धरानको मेयर पदमा उम्मेद्वारी बनेका उनी धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका छन् । जीवन सङ्गीनी सविना पनि पसल चलाएर बस्नुका साथै पार्टीलाई पनि समय दिँदै आएकी छिन् । उनी पार्टीको सुनसरी जिल्ला कमिटी सदस्य हुन् ।
‘धार्मिक र सांस्कृतिक चाडवाडमा पनि रमाउन सिकिसकेका छौं’, बेघाले भने, ‘धान नाच्नु परेपनि नाच्छिन्, लिम्बू संस्कृति चलिआएको चालचलनमा पनि रम्छिन्, त्यस्तै म पनि तीजमा दर खान बोलाउँछन् पुगेकै हुन्छु, बाबुआमाको मुख हेर्ने दिनमा पनि पुगेकै हुन्छु, अन्य संस्कार, संस्कृतिमा पनि भुलेकै छु ।’ सविनाले पनि पनि दुवै संस्कारलाई सम्मानपूर्वक स्वीकारेको बताउँछिन् । ‘दुवैको संस्कार, संस्कृति त ग्रहण गनैप¥यो नि ।’ उनले भनिन् । परिवारको भावना बुझे, एकले अर्काको भावना बुझे, सम्मानका साथ अघि बढे परिवार सफल हुने अइन्द्रको धारणा छ । ‘सुखदुःखका नलुकाई भनसुन गर्नुपर्छ, दुःखसुख सामूहिकरुपमा सामना गर्नुपर्छ अनि मात्रै सुखी र समृद्ध परिवार बन्छ ।’ उनले अन्त्यमा भने, ‘उनी नभएको भए म कहाँ सफल हुन्थे र ?’
उनीहरूजस्तै धरानमा खोज्दै जाँदा हजारौं यस्ता जोडीहरू छन् जसले समाज जोड्दै अघि बढेका छन्, सफल छन् । फरक जातीय विवाह गर्नेहरू फरक संस्कृतिमा घुलमिल हुन थालेका छन् । धरान–१२ का किशोर सुब्बा र इन्दु रिजाल (सुब्बा) पनि यसको अर्को उदाहरण हो । दुवै जना ५९ वर्षका पुगेका उनीहरुले ३६ वर्षअघि विवाह गरेका हुन् । अहिले ५ जनाको परिवार छ । सहकारी, शिक्षाक्षेत्रमा योगदान दिएका उनले काठमाडौंको कलेजमा प्रिन्सिपलको भूमिका पनि निर्वाह गरेका छन् । परिवारकै पूर्ण सपोर्टमा आफूले प्रगति गर्न सकेको अनुभव उनीसँग छ । ‘उनी नभएको भए म अगाडि बढ्न सक्दैन थिएँ होला भन्ने अहिले लाग्छ’, उनले थपे, ‘त्यसैले उनकै पूर्ण सपोर्टमा अगाडि बढ्न हौस्याएको छ ।’ लिम्बू समुदायको युवा र बाहुन समुदायको युवतीबीचको प्रेमलाई पहिला अप्ठ्यारो हुँदै काटेपनि अहिले भने सहज बनेको उनको भनाइ छ । यी समुदायबीच संस्कार, संस्कृति, भाषा, रहनसहनदेखि खानपिनसमेत नमिल्ने भएपनि अहिले सफल र मिल्ने अवस्था आएको छ । ‘केही नमिलेपनि हामी मिलेपछि सक्किगो नि †’ उनले भने, ‘तर अहिले त्यस्तो अवस्था छैन, सबै समुदाय बसेको समाजमा समाज जोड्ने जोडीहरूले उदाहरण पस्किँदै गएका छन् ।’ लिम्बूसँग विवाह भएपनि इन्दुमा कुनै हीनताबोध छैन । ‘मैले लिम्बूसँगै विवाह गरेर ठीकै गरेछु भन्ने लागिरहन्छ’, उनले भनिन् ।
दीपक अग्रवाल धरान मन्टेश्वरीका प्रिन्सिपल÷डाइरेक्टर हुन् । विवाह गर्नुअघि उनको हालत पत्ला थियो रे । ‘मसँग केही थिएन, सेल्फ कन्फिडेन्स पनि थिएन तर पनि म सफल हुँदै आएको छु जस्तो लाग्छ’, उनले भने । मैया राई (अग्रवाल) भारतीय लाहुरेकी छोरी । प्रेममा परेपछि उनले विवाह गरे । अहिले विवाह भएको १८ वर्ष भयो । सफल अनि सुखी परिवारकै रुपमा उनको परिवार पनि चिनिन्छ । छोरी निवेदिता र छोरा आर्यन अहिले पढ्दैछन् । सुरुमा ‘लव’ परेपछि छुटाउने अवस्थासम्म आएको उनको अनुभव छ । ‘जात मिल्दैन, जोडी अगाडि बढ्दैन भनेर प्रेसरसम्म आएको थियो’, उनी सम्झन्छन्, ‘अहिले विश्वासकै घरमा जोडी टिकिरहेको छ ।’ परिवार टिक्ने भनेको एक अर्कामा विश्वास, आत्मविश्वास, मिहिनेतको खाँचो रहेको उनी बताउँछन् । सेल्फ कन्फिडेन्स, आफूले आफैलाई कमजोर नठानी अघि बढेमा सफल हुने उनको भनाइ छ ।
राजेन्द्र ल्वागुन सुनचाँदी व्यवसायी हुन् । ताप्लेजुङ सान्थाक्रा ज्वेलरी इ.प्रालिका सञ्चालक ल्वागुन अन्तरजातीय विवाह गरेपछि खासै त्यस्तो झमेला व्यहोर्नु नपरेको सुनाउँछन् । ताप्लेजुङमै जन्मे हुर्केका ल्वागुन सुशिला लिम्बू (नाल्वो) सँगको १ वर्षभन्दा बढी प्रेममा परेपछि विवाहमा परिणत भएको हो । ०५९ सालमा प्रेम विवाह गरेका उनको हाल छोरी सम्झना, नम्रता र छोरा निरज छन् । ‘परिवार सफल हुनुमा आफूमै भर पर्छ’, उनले भने, ‘त्यसमा पनि विश्वासमै सबै संसार अडेको हुन्छ ।’ ०६३ देखि धरान आएका उनले ०६४ मा व्यवसाय सुरु गरेर सफलता पनि हात पारिसकेका छन् । आर्थिक र व्यापारकि रूपमा निपुण, सम्पन्न भए पनि प्रायः आप्mनो जातीय समुदायमा मात्र विवाह गर्ने चलन रहेको दुवै समुदायमा लिम्बू र ल्वागुनबीचको धर्म, रीतिरविाज, संस्कार र संस्कृतिमा आकाश पातालकै फरक छ भन्दा हुन्छ । तर, निःस्वार्थ प्रेमको अगाडि केही लाग्दैन भन्ने उनीहरुले प्रस्तुत गरिसकेका छन् ।
अन्तरजाातीय विवाहले समाजमा रहेको जातीय विभेदको पर्खाल भत्काउन र सामाजिक समावेशीकरणमा सघाउ पु¥याउँछ भन्छन् यी जोडी । हाम्रो समाजमा जात, धन, सम्पत्ति र कुलघरान हेरेर विवाह गर्नेजस्तो परम्परागत प्रचलनमा पनि परिवर्तन ल्याउन सहयोग पुग्ने उनीहरुको अनुभव छ । त्यस्तै, जातमात्र मिल्नुभन्दा एकअर्काको भावना मिलेको विवाह बन्धन नै दिगो र सफल हुने अनुभव पनि उनीहरु सुनाउँछन् । यी जोडी आप्mना फरक धार्मिक सांस्कृतिक पक्षबारे एकापसमा संलग्न हुने गरेको बताउँछन् ।