परिचयः
अधिकांश अभिभावकहरुले आप्mना छोराछोरीहरुलाई आप्mनो हैसियतले भ्याएसम्म बोर्डिङ स्कुलमा लगाएका हुन्छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने अभिभावकहरुको बुझाइ रहेको पाइन्छ तर धरान–१२ स्थित पब्लिक उच्च माविले प्रविधिमा फड्को मार्दै गुणस्तरीय शिक्षा प्रदान गर्न तल्लिन रहेको छ । वि.सं. २००३ सालमा स्थापना भएको यस विद्यालयले पहिलोपटक २००६ सालमा लिइएको एलसएलसी परीक्षामा ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । वि.सं. २०१२ सालमा रामबाबु शर्माले बोर्ड प्रथम र २०३० सालमा विश्वनाथ अधिकारीले बोर्डमा तृतीय स्थान प्राप्त गरी विद्यालयको शैक्षिक गरिमालाई उचो बनाएका थिए तर हिजोआज सरकारी स्कुलमा अनुशासन र पढाइ राम्रो हुँदैन भन्ने अभिभावकहरुका लागि गतिलो जवाफ भएको छ पब्लिक स्कुल ।
कारणः सिकाइ उपलब्धि
यो विद्यालय यसरी उम्दा हुनुका पछाडि एउटा मात्र कारण छैनन् । विशेषतः शिक्षकको इच्छाशक्ति र लगनशीलता, विद्यार्थीहरूको मेहनत र अभिभावकको जागरूकता एक ठाउँमा जुट्न सके राम्रो नतिजा हासिल गर्न असम्भव हुँदैन भन्ने देखाउँछ धरानस्थित पब्लिक माविले ।
विद्यार्थीको चाप बढिरहेको यस विद्यालयमा प्रायः सबै वर्ग (मजदुर, अध्यापक, शिक्षक, कृषक र मध्यम वर्ग) का अभिभावकका छोराछोरीहरू अध्ययन गर्छन् । पर्याप्त भौतिक संरचना र स्रोतसाधनबिना उत्कृष्ट नतिजा सम्भव छैन भन्ने कुरा पब्लिकले बुझेको छ । स्थानीय रूपमा प्राप्त हुने सामग्रीहरूलाई नै शिक्षण सामग्रीका रूपमा प्रयोग गर्दै अध्यापन गरिने यस विद्यालयमा निजीमा भन्दा राम्रो पठनपाठन हुने गरेको र शिक्षकहरूको मायालु व्यवहार निकै मन परेको विद्यार्थी बताउँछन् । सबै विद्यार्थीहरूसँग ‘फ्रेन्ड्ली’, शिक्षकहरूले सबै किसिमका शैक्षिक समस्या झर्को नमानी सहजै समाधान गरिदिने, नबुझे जति पटक लगाएर भए पनि बुझाउने क्षमताजस्ता सिकाइ क्रियाकलापले पनि पब्लिकले विद्यार्थीको ध्यान तान्न थालेको छ । विद्यार्थीको सिकाइ उपलब्धिको नियमित परीक्षणका लागि यो विद्यालयले बेलाबेलामा परीक्षा लिने गरेको छ । परीक्षामा कमजोर अंक ल्याउने विद्यार्थीहरूलाई जान्ने विद्यार्थीसँगै राखी पढाउने गरिएको छ । कतिपय अवस्थामा नजान्ने विद्यार्थीलाई व्यक्तिगत रूपमा उनीहरूको कापीमा लेखेर पनि शिक्षकहरूले सिकाउने गरेको विद्यार्थीहरू बताउँछन् ।
अभिभावकको उपस्थिति
विद्यार्थीहरूले हासिल गर्ने शैक्षिक उपलब्धिका पछाडि अभिभावको भूमिका महत्वपूर्ण हुनेमा जोड हुन्छ । ‘विद्यालयमा अभिभावकको उपस्थिति जति धेरै भयो, त्यति नै त्यहाँको शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने कुरा हामीले बुझेका छौं ।’ माविका प्राचार्य इन्द्रमोहन झा भन्छन्, ‘यहाँ शिक्षक र अभिभावकको सम्बन्ध नङ र मासुको जस्तै छ, शिक्षकहरूले आप्mनै छोराछारीलाई झै गरी पढाउनुभएको छ । कोही बालबालिकाहरू आएनन् भने पनि फोन गरेर ‘किन नआएको’ भनी सोधिन्छ । अभिभावकको पनि राम्रो रुचि छ, सबै अभिभावकहरू आउनुहुन्छ । बिदाको समयमा पनि सरहरू विद्यालयमा आएर कमजोर विद्यार्थीहरूलाई पढाउनुहुन्छ ।’ कुनै पनि विद्यालयमा विषेश गरी शिक्षकहरूको इच्छाशक्ति र सक्रियता तथा अभिभावकको चासोले मात्र उच्च सिकाइ उपलब्धि प्राप्त गर्न सघाउ पु¥याउँछ । अभिभावकहरू बराबर विद्यालयमा आउनुहुन्छ, आफ्ना नानीहरूको बारेमा छलफल गर्नुहुन्छ । त्यसैले विद्यालयले यो प्रगति हासिल गरेको उनको भनाइ छ ।
विद्यार्थी भेटघाट तथा परामर्श, सिकाइ उपलब्धिबारे अभिभावकहरूसँगको नियमित भेला, विद्यालय व्यवस्थापन समितिको क्रियाशीलता र शिक्षकहरूको मेहनतले नै विद्यालयले उत्कृष्टता हासिल गर्दै गएको उनको भनाइ छ । आखिर इच्छाशक्ति नै सबैभन्दा ठूला कुरा हो । आफूले चाहने र त्यसका लागि समर्थन जुटाउन सकिए विद्यालयलाई राम्रो र नमुना विद्यालय बनाउन सकिँदो रहेछ । ‘थोरै स्रोत, साधन र सहयोगमा पनि उत्कृष्ट विद्यालय बनाउन सफल भएका छौं जस्तो लाग्छ’, पूर्व प्राचार्य लेखनाथ भट्टराईले भने ।
आधुनिक प्रविधि भित्रयायो
कक्षा–१ देखि १० सम्म गणित, नेपाली, विज्ञान विषयको पढाइ प्रोजेक्टरबाट अडियो, भिज्योल कक्षा हुने गर्दछ । विद्यार्थीहरुको सुविधाका लागि यथेष्ट मात्रामा कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप आदिको व्यवस्था छ । सिसी टिभी जडान गरेपछि त पठनपाठनमा धेरै परिवर्तन भएको उनको बुझाइ छ । गत शनिबार सिसी टिभी जडान भएपछि शैक्षिक वातावरण झन राम्रो बन्दै गएको बताउँछन् विद्यालयका प्राचार्य इन्द्रमोहन झा ।
विद्यार्थीका गतिविधि निगरानी गर्न सजिलो हुनुका साथै शिक्षकलाई समयमा कक्षामा पुग्ने, पुरै अवधि पढाएर कक्षा छाड्ने आदि कुराको पालना गराउन यो निकै नै प्रभावकारी भएको उनी बताउँछन् । त्यस्तै, सिसी टिभी जडान गरेपछि विद्यार्थीहरुमा पढाइमा ध्यान जानुका साथै परीक्षा सञ्चालन गर्न धेरै प्रभावकारी र सजिलो भएको विद्यालयका निमित्त इन्चार्ज वीरेन्द्रबहादुर शाह बताउँछन् । अफिसबाटै मनिटरिङ गर्न सजिलो भएकोले विद्यार्थीहरुले अनावश्यक हल्ला गर्न छाडेको शाहको भनाइ छ । विद्यार्थीहरुलाई अनुशासनमा राखी सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले सिसीटिभी जडान गरिएको प्राचार्य झा बताउँछन् । हाल नाइटभिजन क्यामेरा भएको ४० वटा सिसी टिभी सञ्चालनमा छन् भने ५० भन्दा माथि जडान गर्ने योजना रहेको बताउँछन् उनी । विद्यालयमा कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले प्रति विद्यार्थी २ सय रुपैयाँ सिसी टिभीको लागि आर्थिक सहयोग गरिरहेका छन् । गत शनिबार एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले टिभीको उद्घाटन गरे । नेपाली कांग्रेस सुनसरीका सांसद मीन विश्वकर्माको सहयोगमा सिसी टिभी जडान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सोमबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री देवेन्द्र कार्की, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलगायतको उपस्थिति थियो ।
गत वर्ष २०७२ सालमा आएको भूकम्पले विद्यालयको भूल भवनको भौतिक संरचनालाई क्षति पु¥याएपछि अहिले रेट्रा फिटिङ (पुनः सवलीकरण) गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
छात्रवृत्तिले पनि तान्दै
वर्षमा धेरै छात्रवृत्ति वितरण हुन्छ । विद्यार्थीलाई सहुलियत प्रदान गर्न यो वर्ष असार २७ गतेसम्म भर्ना भएका कक्षा–११ का विद्यार्थीलाई निुःशुल्क किबता र त्यसपछि भर्ना हुनेलाई २ वटा किताब निःशुल्क दिइएको प्राचार्य झा बताउँछन् । उदाहरणका लागि २०७२ सालमा कक्षा–१२ की छात्रा देविका चाम्लिङ र यो साल कक्षा–११ की छात्रा आरती राईले छात्रवृत्ति पाएका छन् । जसअन्र्तगत २ वर्षसम्म विद्यालयमा लाग्ने शैक्षिक र स्टेशनरी खर्च समेत सानिमा बैंकले व्यहोर्ने गर्दछ । कक्षा–१ देखि १० सम्म ४ वटा हाउस डिभिजन गरिएको छ ।
पोशाकले प्रतिस्पर्धाको भावना
हप्ताको दुई दिन प्रत्येक मङ्गलबार र शुक्रबार विद्यार्थीहरु हाउस डे«स लगाएर स्कुल आउँछन् । त्यस्तै, प्लस टुमा पनि स्पोटस डे«सको व्यवस्था गरिएको छ । हाउस डिभिजन गरेपछि कुनै प्रतियोगिता गराउन सजिलो हुनुका साथै विद्यार्थीहरुमा समेत प्रतिस्पर्धाको भावना जागृत हुने विद्यालयका पूर्व प्राचार्य लेखनाथ भट्टराई बताउँछन् । हाउस डे«स लगाउँदा विद्यार्थीलाई स्मार्ट देखिने र लगाउन सजिलो हुने भट्टराई बताउँछन् ।
विद्यार्थी र अभिभावकहरू खुशी र पूर्णरूपमा सन्तुष्ट छन् । २०६३ सालबाट प्लस टुको पढाइ सुरु भएको पब्लिकमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पढाइ हुन्छ । हाल कक्षा–१० सम्म ७ सय २३ जना र प्लस टुमा ९ सय ४६ गरी १ हजार ६ सय ६९ जना विद्यार्थीहरु यस विद्यालयमा अध्ययनरत् छन् । यो वर्षदेखि सरकारी कोटामा कक्षा–९ देखि नै इलेक्ट्रीकल इञ्जिनिरिङको पढाइ पनि सुरु भएको छ । विद्यालय अतिरिक्त क्रियाकलाप, जिल्लास्तरीय प्रतियोगिता आदिमा पनि धेरै अगाडि रहेको विद्यालयमा झुण्डिएका र राखिएका मेडल र प्रमाणपत्रले स्पष्ट पार्छ ।
सीमित स्रोत र साधनमा पनि विद्यालयलाई राम्रो बनाउन सक्नुको कारण शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणीय सम्बन्ध रहेको बताउँछन् उनी । शिक्षक÷शिक्षिकाहरूले सम्भव भएसम्म विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा वस्तु देखाएरै अध्यापन गराउने गरेका छन् । जसका कारण विद्यार्थीहरू पढाइमा निकै उत्सुक रहन्छन् । त्यस्तै बेलाबेलामा अभिभावकको भेला हुन्छ । आप्mनो छोराछोरीको राम्रो÷नराम्रो पक्षबारे शिक्षक÷शिक्षिकालाई जानकारी दिन्छन् । जसका कारण विद्यार्थीहरूको कमी÷कमजोरी पत्ता लगाउन र अभिभावकलाई आफ्नो छोराछोरीप्रति गर्नुपर्ने व्यवहारबारे जानकारी दिन सहज हुने गरेको छ । इच्छाशक्ति मात्र हुनुपर्दछ भन्ने सत्यलाई यहाँका शिक्षक÷शिक्षिका, अभिभावकहरूले प्रमाणित गरिदिएका छन् । भनौं, मेहनत र प्रयास गर्ने हो भने सामुदायिक विद्यालयले निजी विद्यालयले दिनेभन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने कुराको चरितार्थ धरान–१२ स्थित पब्लिक माविले गरेको छ । ‘हाम्रो प्रतिस्पर्धा सामुदायिकसँग होइन, निजी विद्यालयसँग हो’, प्राचार्य झाले ।