२१ औं शताब्दी सूचना र प्रविधिको शताब्दी हो । विश्वको कुनैपनि कुनामा घटेका हरेक घटनाहरुको जानकारी साथै विश्वका विभिन्न ठाउ“हरु, संस्कार, संस्कृति, भाषा, लिपी सभ्यताका साथै जीवन र जगतलाई बुभ्mनका लागि सूचना र प्रविधिकै अहम् भूमिका छ भन्दा दुईमत नहोला । सञ्चार क्षेत्रलाई सरकारको चौथो अङ्गका रुपमा पनि मानिन्छ । वास्तवमा सूचना जनतामाझ पुरयाउने मात्र नभएर समाजमा रहेका हरेक विकृति, विसङ्गतिलाई चिर्दै अन्याय, अत्याचार विरुद्धमा बुलन्द आवाज निकाल्दै सामाजिक, राजनीतिक परिवर्तन समेत गरेको, गर्न सक्ने र सक्छ भन्ने प्रमाणका लागि इतिहास जीवित छ ।
यसरी सदियौंदेखि सञ्चार माध्यमबाट सूचना प्रवाह हुने र समाज परिवर्तनका लागि जुन अहम् भूमिका निर्वाह गर्दै आएको छ, जुन उद्देश्य कार्यलाई निरन्तरता दिन र पूरा गर्ने कार्यमा ‘फक्ताङलुङ म्यागजिन’ नामक अनलाइन संस्करणले पनि एउटा इ“टाको काम गर्न सक्नेछ भन्ने हाम्रो अपेक्षा हो । अहिले त हातैपिच्छे मोबाइल छ । इन्टरनेट छ । सहर, गाउ“ अहिले हात–हातमा मोबाइल खेलाउ“दै हि“डिरहेको छ, भिडियो हेर्दै, च्याट गर्दै । हामीले अभाव महसुस गरयौं र धरानबाट साप्ताहिकरुपमा म्यागजिन आवश्यक ठान्यौं । हामीले ठानेका छौं अब पाठकको हातमा पुग्दा ‘रियल’ पत्रकारिताको उदाहरण बोकेर पुगोस् । दीर्घकालीन उद्देश्यका साथ हप्ताभरका सामग्री समेट्दै तपाईहरूमाझ यो ‘म्यागजिन’ ल्याएका हौं । यो म्यागजिन सबैको साझा बन्न सकोस्, यसमा सबै प्रकारका खुराकहरू पस्किने जमर्को गरेका छौं ।
विचार, फिचर, शिक्षा, स्वास्थ्य, पर्यटन, मनोरञ्जन, आर्थिक, विकास साथै स्थानीय गतिविधीका साथ अन्याय, अत्याचार, विकृति र विसङ्गतिविरुद्ध अघि बढ्नु हाम्रो प्राथमिकता रहनेछ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्नु हाम्रो दायित्व हो भन्ने हामीले महसुस गरेका छौं । सूचनामूलक पत्रकारिता विगत हो र परिणाममुखी पत्रकारिता वर्तमान हुनुपर्छ भन्ने कुरा हामीले महसुस गरेका छौं । यसमा पनि तपाईहरुको राय, सल्लाह, सुझाव नै हाम्रो लागि मार्गदर्शक हुनेछ भन्ने हाम्रो अपेक्षा हो ।