अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ देखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिए।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ। प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने जनाइएको छ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताए।
प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताए। प्रतियोगितामा उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए।
आयोजक क्लबका अनुसार विजेताले १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उपविजेताको पुरस्कार धरान वडा नं १५ निवासी हाल पोर्चुगलबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि अध्यक्ष तामाङले जानकारी दिए।
क्लबका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजारको दरले नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइजसहित एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युकेएफसी (भारत), मच्छिन्द्र क्लब काठमण्डौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने सम्भावित टिमहरु रहेको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको २५ औं सँस्करणको आयतर्फ १ करोड २ लाख २५ हजार अनुमान गरिएको क्लबले जनाएको छ । यस्तै, ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ ।
धरान उपमहानगरबाट १० लाख, मुख्य प्रायोजक टुबोर्ग बियरबाट १२ लाख, सहप्रायोजक रेड बुल ५ लाख, राखेप र कोशी प्रदेश खेलकुद विकास बोर्डबाट १०/१० लाख, विदेशी संघसंस्थाहरुबाट २५ लाख अनुमान गरिएको क्लबले जनाएको छ ।