नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभर केबलकार बन्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले केबलकार निर्माण अघि बढाउने क्रममा स्थानीयलाई कम्पनीले सुविधा उपलब्ध गराउनुपर्ने शर्त राखेका छन् ।
केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका उनले स्थानीयको सांस्कृतिक अधिकार, आर्थिक अधिकार र धार्मिक भावनाको पनि सम्मान गरिनुपर्नेमा जोड दिएका छन् ।
बुधबार १९ बुँदे वक्तव्य निकाल्दै उनले‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइतेको नि:शुल्क उपचार गराउन पनि सकारसँग माग गरेका छन् ।
केबलकारबारे योगेशका माग
पहिलो- केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।
दोस्रो- पाथीभरा केबलकार निर्माणलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण गरिनुपर्छ । यसका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरू अघि बढाउन माग गर्दछु ।
तेस्रो- केबलकार निर्माण पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दामुनिका बालबालिका तथा अपाङ्गहरूका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नु पर्दछ ।
चौथो- प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ ।
पाँचौँ- केबलकारमा रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ ।
छैटौँ- केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ ।
सातौँ- स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।
उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउनुपर्ने मत पनि राखेका छन् । ‘निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म- संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलाप अघि बढाउन माग गर्दछु ।’
विज्ञप्तिको पूर्णपाठ
१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणके काम शुरु गरेको हो ।
२. ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन ।
३. केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माणस्थलमा अप्रिय घटना हुन पुग्यो ।
४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीयस्थल हो ।
५. जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहार लगायतक क्षेत्रबट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन् ।
६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने बर्सेनि यो संख्या उल्लेख्य मात्रामा बृद्धि हुँदै गएको छ ।
७. पाथीभरालाई शक्तिको प्रतीक देवीको रुपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुङ, तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेषगरी हिन्दु बौद्ध र किराँत धर्मालम्बीहरूले समान रुपले अस्था र विश्वास दर्शाउने साझास्थल हो पाथीभरा ।
८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरेर ताप्लेजुङबासीहरूको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरूको साझा धारणा रहेको छ ।
९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन ।
१०.केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङबासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
११.निर्माण कम्पनीले प्रस्तुत गरेको म्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन। पवित्र कान्छी थानभन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।
१२.ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरू तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौँ । र, धन्यवाद ब्यक्त गर्दै ताप्लेजुङबासीहरूको आमसहमतिमा जिल्लामा गर्नुपर्ने विकास–निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु ।
१३. २०८१ मघ १२ गतेको घटनाप्रति दु:ख ब्यक्त गर्दछु । त्यसक्रममा घाइते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।साथै घाईतेहरूको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।
१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरू अघि बढाउन माग गर्दछु ।
१५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सु-सभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भड्किने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका ब्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको ब्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।
१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।
१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दामुनिका बालबालिका तथा अपाङ्गहरूका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।
१८. पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परताप्रति धन्यवाद ब्यक्त गर्दछु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।
१९. ताप्लेजुङको सम्रग विकासमा एकताबद्ध रुपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सबैमा अपिल गर्दछु ।
धन्यवाद !