धरानः धरानको युएन, नवोदय कलेजका विद्यार्थी पढ्दै, कमाउँदै आएका छन् ।
हङकङ, बहराइन, दुबई, थाइल्याण्ड, चीनजस्ता मुलुकमा पुगेर उनीहरूले पढ्दै कमाउँदै छन् । विशेषतः होटल म्यानेजमेन्टअन्तर्गत बिएचएम विषयको इन्टर्नमा गएका विद्यार्थीले पढ्दै राम्रो कमाइसमेत गरिरहेका छन् ।
यसैबीच दुईजना विद्यार्थीले युरोपियन मुलुक फ्रान्स जाने अवसर पाएका छन् । पहिलोपल्ट फ्रान्सको पेरिसस्थित होटलमा इन्टर्नका लागि नाम निकालेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । बिएचएम पाँचौ सेमेष्टरकी सन्ध्या थेगिम लिम्बू र हिमानी पोखरेलले फ्रान्सको होटलमा नाम निकाल्न सफल भएको उनले जानकारी दिए । होटलमा इन्टर्न गर्दै ती दुई विद्यार्थीले मासिक एक लाख रुपैयाँ कमाउने उनको दावी छ ।
‘इन्टर्नका लागि अरु विद्यार्थी वर्किङ भिाषमा जाँदा लाखौं खर्चिनुपर्ने तर फ्रान्स पुग्दा प्लेन टिकटमात्र खर्च गर्नुपर्ने भएको छ’, उनी भन्छन्, ‘त्यहाँ पुगेर उनीहरूले मासिक एक लाख रुपैयाँ कमाउन सक्छन् ।’
उनका अनुसार इन्टर्नमा जाँदा त्यहाँ विद्यार्थीले तारे होटलमा थप सीप सिक्ने, प्रमाणपत्र प्राप्त गर्ने, आफ्नो खुट्टामा आफैं उभिनसक्नेछन् । ‘विद्यार्थी इन्टर्नमा जाँदा तारे होटलमा सीप सिक्छन्, सर्टिफिकेट प्राप्त गर्छन् साथै सो होटलमा राम्रो गरेको खण्डमा पछि सोही होटलले रोजगारीको अफर समेत गर्ने गर्दछ र रोजगारको अवसर समेत दिन्छ ।’
होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले बिएचएम विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर बिएचएमको सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’ उनी भन्छन् ।
उनले यो विषय पढ्दै, कमाउँदै गर्ने विषय भएको समेत बताए । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ, साथसाथै विदेशमा गएर सातौं र आठौं सेमेस्टर पूरा गर्नुपर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ र पढ्दै कमाउन पनि सकिन्छ, इन्टर्नमा गएका कलेजका विद्यार्थीले राम्रो कमाइसमेत गरिरहेका छन् ।’ उनी भन्छन् ।
यसअघि बिएचएम अध्ययनरत विद्यार्थी हङकङ, बहराइन, दुबई, थाइल्याण्ड, चीनजस्ता मुलुकमा पुगेर पढ्दै कमाउँदै गरेको बताउँदै भने, ‘व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा युएन, नवोदयको विशेषता भन्ने नारालाई यसले चरितार्थ गरेको छ ।’ विद्यार्थीको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडाजस्ता मुलुकमा इन्टर्नकै लागि प्रोसेसिङ भइरहेको समेत जानकारी दिए ।
समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् । हस्पिटालिटीकै कारण नेपाली विद्यार्थीको रोजाइ विदेशमा समेत हुने गरेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको उनी बताउँछन् । उनले यो विषय पढ्न करिब साढे ६ लाख रुपैयाँ लाग्ने र विदेशमा इन्टर्न गर्न जाँदा उनीहरुले लगानी उठाइसक्ने जानकारी दिए ।
नेपाली विद्यार्थीको हस्पिटालिटी, काम गर्ने शैली अत्यन्तै मन पराएपछि विदेशमा समेत यहाँका विद्यार्थीले प्रगति गर्दै आएको विद्यार्थीबाटै प्रतिक्रिया आएको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थी इन्टर्नका लागि विदेशमा छन्, उनीहरुले समेत पढ्ने विषय त यो रहेछ भनिरहेको प्रतिक्रिया पाएका छौं ।’ बिएचएम आठौं सेमेष्टरसम्म पठनपाठन हुने विषय हो ।
बिएचएमको जनशक्ति आतिथ्य सत्कार (हस्पिटालिटी) चाहिने क्षेत्रदेखि कर्पोरेट हाउसमा समेत अवसर प्राप्त गर्छन् । आफै व्यवसाय गर्न सकिने, होटेल तथा रेस्टुरेन्ट, एयरलाइन्स, उद्योग, कर्पोरेट हाउस, शिक्षण, अटोमोबाइलजस्ता क्षेत्रमा यो जनशक्तिका लागि अवसर रहेको होटल म्यानेजमेण्ट कोअर्डिनेटर श्रेष्ठ बताउँछन् । सीप सिकेपछि जागिरको सहजताले पनि यसतर्फ विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘अध्ययनसँगै सीप सिकिने र सीपले रोजगारीका अवसर प्राप्त गर्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढेको हो,’ उनले थपे, ‘जागिर मात्र होइन, उद्यमशील बन्न पनि यो विषयले सघाउँछ ।
धरानमा बिएचएमको पठनपाठन भएको धेरै वर्ष भइसकेको छ । यसअघि विद्यार्थी काठमाडौं केन्द्रित हुने गरेका थिए तर धरानमा बिएचएम विषयको पठनपाठन हुन थालेपछि यहाँ पनि विद्यार्थीको आकर्षण बढेको हो । बिएचएमको क्षेत्र व्यापक छ । समयअनकूल शैक्षिक सीप पाइने भएकाले पनि पछिल्लो समय यस विषयप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
कोशी प्रदेश प्रथम
यसैबीच कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि कोशी प्रदेशमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा युएन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन् ।
विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन् । एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर युएन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक रेकर्ड कायम गरेको छ । उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।