सविताः जिन्दगी ?
एविराजः जिन्दगी एउटा यात्रा हो, तपाई जति अगाडि बढ्नुहुन्छ, आप्mनो पाइलाहरू अगाडि बढाउन चाहनुहुन्छ, तपाई त्यति अगाडी बढ्नुहुन्छ । तपाई जहाँ बस्नुहुन्छ त्यहाँबाट अगाडि बढ्न चाहनु हँुदैन भने तपाईका जिन्दगीे त्यहीँ जम्छ । तपाईलाई कसैले अगाडि बढाउ“दैन । त्यहीँ अन्त्य हुन्छ ।
सविताः सिङ्गापुरको यात्रा ?
एविराजः बाबाले इण्डिया आर्मीमा हुँदा भन्नुहुन्थ्यो भर्ती जानुहँुदैन, राम्रो पढ्नुपर्छ है छोरा भन्नुहुन्थ्यो । त्यसोभन्दा भन्दै पनि आर्थिकरूपमा अगाडि बढ्नुपर्छ , भर्ती हुनुपर्छ, पैसा कमाउनुपर्छ भनेर वाल्यकालको त्यो परिवेशको अभावहरु र कठिनाइहरूले सिकाएको थियो मलाई । साथीहरू आफू लाहुरे भएर राम्रो कपडा, सान, इज्जतसँग आएको त्यो दृष्यले म मा एक प्रकारको गहिरो छाप मष्तिकमा छोडेको थियो । भर्ती हुनु सजिलो थिएन तीन, चार ठाउँ छनोट हुनुपथ्र्यो । गाउँ, जिल्ला र अञ्चल हँुदै त्यसपछि धरानमा अनि पोखरामा नेपालको सबै ठांउको छनोट हुन्थ्यो । सजिलो कहाँ थियो र ? त्यही पनि प्रयास गर्नुपर्छ भनेर सधैं त्यसमा लागिरहें । हरेक कुरामा सफलता प्राप्त गर्न कडा परिश्रम, प्रतिवद्धता, तत्परता भने चाहिन्छ । र म मा त्यो थियो । मैले भर्ती भएर कसम खाने बेलामा महसुस गरेको थिएँ कि मान्छेले बाध्यताको खाडल पुर्नको लागि केही गुमाउनुपर्नै हुन्छ भन्ने सोंचले गर्दा त्यो हृदय चिर्ने कसमलाई पनि स्वीकारें ।
सविताः सिङ्गापुरको १७ वर्ष बसाई बारेमा केही बताइदिनुहोस् न ।
एविराजः जुनबेला मैले सिङ्गापुरमा टेकेपछि सङ्कल्प गरे कि सर्वप्रथम आफ्नो व्यवहार बनाउनुपर्छ । अनि समाजतर्फ लम्किनुपर्छ । समाजमा अगाडि बढेपछि देशको लागि सोच्नुपर्छ । त्यो दर्शनलाई मेलै पछ्र्याएँ । सिङ्गापुरको अर्कै परिवेशमा मष्तिक नै परिवर्तन भएर गयो । अवश्य हो, सिङ्गापुरमा राम्रो खान, लगाउन पाइन्छ । प्रत्येक दिन परिकार परिकारको फेरिफेरी खान पाइन्छ । जीवनमा नसोचेको पैसाको ढिकुटीमाथि उभिन र डिउटीहरू गर्ने मौका पाइन्छ । यस जिम्मेवारीमा गर्व पनि महसुस हुन्छ । जीवनमा कल्पना नगरेको सम्मान, विश्वास पाइन्छ । मात्र यो सम्भव भो किनभने विश्वास जितेको थियो त्यो पुर्खाले, गोर्खालीहरूले । पुर्खाहरू मर्न त मरे तैपनि इमान्दार र वीर गोर्खालीको इमेज बनाएर मरे र बाँचिरहेका छन् । उनीहरूले पनि त्यो सम्मान कायम राखिरहेका छन् । बेलायतमा क्याप्टेन ललित गुरूङ र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानी एलिजावेथ द्वितीयाको सुरÔार्थ खटिएको छन् । ६–६–२०१८मा सिङ्गापुरमा भएको उत्तर कोरियाली राष्ट्रपति किम जोङ र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको ऐतिहासिक शिखर सम्मेलनको विशेष सुरÔाको लागि पनि गोर्खालीहरूले नै महत्वपूर्ण योगदान र भूमिका निर्वाह गरेका थिए । त्यस्तोे Ôमता भएका इमान्दार भनेर हामीलाई विश्वले चिन्छ ।
सविताः जीवनको टर्निङ पोइन्ट ।
एविराजः मैले सिङ्गापुरको लोभलाग्दो अवसरहरू, जीवनशैली त्यागेर नेपाल फर्कें, जसको लागि हजारौं युवाहरू मरिमेटी रहेका छन् । यसमा केही कारणहरू छन् । म एविराज, सिङ्गापुरमा कसैले चिन्दैन । आप्mनो गाउँबाट चिठी आउँदा मात्र थाहा हुन्छ नाम र नम्बरको म्याचिङबाट १७ वर्षसम्म मेरो पहिचान अङ्कहरू र नम्बरहरूमा सीमित थिए । १७ वर्षसम्म म १४५३५ थिएँ, विशेषतः अर्काे देशको राष्ट्रियताको लागि लड्नु त्यो पनि अर्काको देशमा, अर्काको हातमा, अर्काको हुकुमको भरमा जिन्दगी बिताउँदा । अर्काले सिटी बजाएर कुदाएको, उठ भन्दा उठ, कुदभन्दा, घोप्टो पर भन्दा घोप्टो पर्नुपर्छ । आफ्नो भन्ने केही हुँदैन जिन्दगी मात्र अर्काको हातमा हुन्छ, अर्काको इशारामा । अर्कोकुरा आफ्नो थातथलो, आफू जन्मिएर हुर्किएको ठाउँलाई लात हानेर आफ्नो अस्तित्व, पहिचान नै नहुने अर्काको देशमा म मर्न पनि तयार किन हुनु, आखिर किन लोभिनु ? त्यसैले म नेपाल फर्किएँ ।
सविताः सन्तानहरू ।
एविराजः मेरो सन्तानहरू कोही पनि भर्ती नलागोस् जस्तो लाग्छ । उनीहरुले जवान भएपछि मानसिकरूपमा यही देशमा केही गरौं भन्ने सोंच बनाओस् । त्यसको लागि पनि म बाटो बनाइदिने प्रयासमा छु । म एउटा समाजसेवा, व्यापार, राजनीति गर्दै अघि बढिरहेको छु । जहिले जति व्यस्त भएपनि प्रत्येक शनिबार बिहान ७ बजे एकघण्टा छोराछोरीलाई समय दिन्छु, सम्झाउँछु, कहिले ज्ञान, सुझाव, सामाजिक सम्बन्ध, अनुशासन, व्यापारिक लाइनबारे पनि पाठ पढाउँछु । मेरो हृदयदैखि कै चाहना भनेको बाबुआमाको बिँडो छोराछोरीले थामिदियोस् भन्ने हो ।
सविताः समाजसेवा ?
एविराजः जब एक मान्छेलाई आधारभूत आवश्यकताहरू गाँस, बास र कपासको चिन्ताबाट मुक्त हुन्छ तब उसले समाज, देशको बारेमा केही सोच्न थाल्छ । देश समृद्ध भएको हेर्न साथै देश समृद्ध बनाउन चाहन्छ । यो सही मानसिकता र सकारात्मक सोचले मात्र यो सम्भव छ । व्यक्तिगत र साँघुरो सोंच भन्दा फराकिलो सोचको भावनामा म बाँचिरहेको छु ।
सविताः व्यवसाय र व्यस्तता ?
एविराजः सिधा र इमान्दारी भएर भन्दा तपाईले समाज र देशको लागि केही गर्नुअघि तपाईको आधारभूत कुराहरूको परिपूर्ति हुन जरूरी छ । तर अपयाप्त अवस्थामा तपाई गरेको सेवा पनि अपूर्ण हुन्छ अनि त भ्रष्टाचार मौलाउँछ । अर्कोकुरा यो पुँजीवादको समय हो । आर्थिकरूपमा सफलताको विकल्प अरू केही छैन । त्यसैले व्यवसाय सही विकल्प हो । म एक उद्यमी हो । म जहिले पनि नयाँ नयाँ अवसरको खोजी गरिरहन्छु ताकि ती अवसरहरू अरूलाई शेयर गर्न रूचाउँछ ु। मैले सत्र १७ वर्ष सिङ्गापुरमा रहँदा त्यहा धेरै नौलो कुराहरु अनुभवहरू सिकें, त्यसलाई तालमेल मिलाउँदै मैले आप्mनो अमूल्य समयलाई सदुपयोग गर्न म व्यवसायमा होमिएँ ।
सविताः राजनीति ।
एविराजः कतै पढेको थिएँ । एकपटक शङ्कर लामिछानेले महाकवि लक्ष्मीप्रसाद देवकोटा गुरूलाई सोधेछन्–साहित्य र राजनीिितको समाजमा योगदान बारेमा । देवकोटा भन्नुभएछ, साहित्य र राजनीतिको मूूल उद्देश्य एकै हो, समाजको पुरातन र यथास्थितिवादी सोंचलार्ई परिवर्तन गर्नु हो । हाम्रो समाजमा सयौं वर्षदेखि उत्पीडन भोग्दै आएको समुदाय देख्दा मलाई पीडा हुन्छ । हाम्रो जाति, समुदाय, भाषा, लिपी र पहिचानहरू लोप हँुदैछन् । त्यो देख्दा पीर लाग्छ ।
प्रस्तुतिः सविता तुम्वापो