गएको जुलाइ ६ (१९१८) मा नेपाल–चीन जनमैत्री सङ्घको प्रतिनिधित्व गर्दै सिचुवान प्रदेशको भ्रमण गर्ने मौका मिल्यो । सिचुआन प्रदेशको राजधानी छेन्दुमा मिडिया वर्कसप सम्बन्धी एउटा कार्यक्रममा पनि प्रतिनिधित्व जनाउनुपर्ने थियो । नेपालका जाने मानेका मिडियाकर्मीसँगै धरानबाट प्रदेश नं. १ बाट प्रतिनिधित्व गर्ने म एकमात्र यात्री थिएँ । जुलाई ६ देखि १५ जुलाईसम्म भएको उक्त कार्यक्रममा चिनियाँ सञ्चार उद्योगको जानकारी लिने मौका मिल्यो । यसरी नै उदाउँदो छेन्दु शहरको बारेमा इत्तिवृत्ति जान्ने अवसर जुट्यो ।
चीनको संक्षिप्तः
चीनको हरेक कार्यक्रममा त्यहाँको राजनीतिक, आर्थिक, प्रशासनिक तथा भौगोलिक जानकारीको विषयमा जानकारी गराउने चलन रहेछ । यसै सन्दर्भमा गोष्ठीको पहिलो कार्यक्रममा चीनको २३ प्रोबिन्स बारे जानकारी दिइयो । यसरी नै चीनको पाँच स्वायत्त क्षेत्र, चार नगरपालिका र दुईवटा विशेष स्वायत्त क्षेत्रको नालीबेली सुनाएपछि खास विषयमा प्रवेश गरियो । चीन संविधानतः एकात्मक राज्य हो । तर, सङ्घीय संरचनाको अनेक विशेषता चीनमा पाइन्छ । प्रोभिन्स, स्वायत्त क्षेत्र, केन्द्र शासित क्षेत्र, विशेष स्वायत्त क्षेत्र, कम्युन र जातीय नगरहरू छन् ।
छेन्दु स्वर्गको देश ः
छेन्दु सिचुवान प्रान्तको राजधानी हो । चीनको मुख्य शहरमध्ये यो एउटा शहर हो । कोमिन्ताङको शुरुवातीकालमा चीनको राजधानीको रूपमा पनि यो शहर रहेको थियो । विश्वको ३० औं ठूलो एयरपोर्ट रहेको छेन्दुबाट विश्वको ९२ देशका १३०० एयरपोर्टमा सिधा उडान हुन्छ । चीनको तेस्रो ठूलो जनसंख्या भएको शहर हो । करिब २ करोड जनसंख्या रहेको छेन्दु शहरलाई जोड्ने चीनको तेस्रो ठूलो रेल्वे स्टेशन छ ।
छेन्दु यतिखेर विज्ञान प्रविधि, अन्तर्राष्ट्रिय व्यापार तथा विनिमय केन्द्र, नविनतम सांस्कृतिक केन्द्र, पश्चिम चीनको यातायातको केन्द्र रहेको छ । द्रूत आर्थिक विकास पथमा हिँडेको छेन्दुको यति धेरै जनघनत्वलाई चीनले बखुबी व्यवस्थापन गरेको छ । यसैले शान्त देखिने यो शहरलाई देशको स्वर्ग भनेर नाम दिइएको छ । छेन्दु भ्रमणको मुख्य उपलब्धि धेरै छन् । पानीलाई कसरी सदुपयोग गर्ने विषयमा छेन्दु शहरको नमूना हेर्नलायक छ । छेन्दु शहरमा उपयोग हुने पानीलाई बारम्बार उपयोग गरिएको छ । उपयोग गरिएको पानी ढलमार्फत् ताइन्फुमा तालको रूपमा जम्मा गरिएको छ । र, यो तालमा पानीलाई उपचार गरेर पुनः पिउन लायक बनाइँदो रहेछ । छेन्दु शहर औद्योगिक शहरमात्र होइन । यो प्रसिद्ध जङ्गली जनावर पाण्डाको शहर पनि हो । छेन्दु नजिकैको पहाडमा पाण्डालाई आरक्षित गरिएको छ । छेन्दुको आकर्षण सेतो पाण्डाको आरक्षणले पनि गर्छ । यहाँ नेपालमा पाइने हाब्रे (रातो पाण्डा) पनि आरक्षित छ ।
चिनिया“ नमूनाको सञ्चार उद्योगः
चीनमा २३५६ वटा टिभी स्टेशनहरू रहेका छन् । चीनको मिडिया उद्योगको आफ्नै प्रकारको व्यवस्थापन छ । र, त्यहाँको व्यवस्थापनमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको प्रत्यक्ष सरोकार हुन्छ । त्यहाँ तीन प्रकारका मिडिया उद्योगहरू पाइन्छ । पहिलो प्रान्तीय मिडिया, दोस्रो नगरस्तरीय मिडिया तेस्रो देशस्तरीय मिडिया । यी तीन प्रकारका मिडियामा सञ्चार उत्पादन संयन्त्र भने एकै प्रकारको छ । प्रधान सम्पादक, सम्पादन समिति, निर्देशक विभाग, पत्रकार, सम्पादक र उत्पादन सहायक रहने व्यवस्था छ । अधिकांश मिडिया उद्योग खासगरीकन छापा माध्यम सन् १९५६ को दशकमै स्थापित भएका हुन् । छेन्दु शहरको मुख्य छापामा छेन्दु दैनिक सन् १९५६ मा स्थापना भएको रहेछ, जसको वितरणमात्र दुई लाखप्रति छ । यसरी नै सिचुवान रेडियो, सिचुवान टीभी र तिब्बती भाषाको छुट्टै टिभी तथा रेडियो स्टेशन छ । छेन्दु यकोनोमिक डेली यस क्षेत्रको अर्को महत्वपूर्ण अखबार हो । सन् १९९४ मा स्थापित यो दैनिकको वितरण दैनिक करिब आठ लाखको हाराहारीमा छ । वाषर््िाक करिब १ एक करोड चिनियाँ मुद्रा यसले कमाउँछ । यस्तै, पायोनियर विक्ली, अनलाइनमा टुमारो डट इन छेन्दु, छेन्दु डट कम प्रख्यात छन् । सिडीटिभी–२, सिडीबिएस (ग्लोबल प्रचलित विद्युतीय माध्यम हुन् । कार फेसन न्युज पेपर्स कम्पनी लि, छेन्दु कमर्सियल मिडिया एडभरटाइजिङ लिमिटेड र टेक्सी स्टीमिङ मिडिया हाउस प्रख्यात छन् ।
सामाजिक सञ्जालः
चीनमा सामाजिक सञ्जालको उपयोग पनि बढ्दो छ । करिब १.७७ प्रतिशत दैनिक प्रतिघण्टा सामाजिक सञ्जालमा आदि भएका अभिलेख छ । यसमध्ये युवाहरू २.६८ प्रतिशत प्रतिघण्टा विचरण गर्छन् । ६३ प्रतिशतले सामाजिक सञ्जालमार्फत् समाचार प्राप्त गर्छन् । चिनियाँ प्रविधिको ‘वी च्याट’ चीनका ६३.४ प्रतिशतले चलाउँछन् । यसरी नै माइक्रो ब्लक १९ प्रतिशत र अन्य १३ प्रतिशतले चलाउने रहेछन् ।
तङ सियाओपीङको गाउ“ः
चीनको आधुनिकीकरणका प्रणेता तङ सियाओपीङको जन्म स्थान पनि सिचुआनमा पर्छ । लुशान पर्वत श्रृङ्खलामा पर्ने यो गाउँ छेन्दु शहरबाट करिब चार सय किमिको दूरीमा छ । चीनको आधुनिक विकासमा योगदान गरेका उनैको जन्मस्थान भएकोले पनि यसको विकासमा दु्रतता आएको मान्न सकिन्छ । वान बेल्टवान रोडको परिकल्पनापछि यसको सिचुआनको विकासमा द्रूत गतिआएको कुरा चिनियाँ टिम लिडर याङ साओपीङले बताए । सन् २०१४ देखि विकासको गतिमा अघि बढेको सिचुआनको विकास हेर्नलायक छ । भवानी बराल