अभिभावकमा शुरु हुन्छ– पहिलेको भन्दा राम्रो स्कूल छनोट गर्छु भन्दै विद्यालय फेर्ने चटारो । भनौँ– अभिभावकहरूका लागि यो समय धपेडीको समय हो । यो समयमा भर्ना खुल्दा शहरी अभिभावक आप्mना सन्तानलाई स्तरीय विद्यालयमा भर्ना गराउन स्कूल धाउन, तिनका बारे जानकारी लिन र आफन्तसँग सल्लाह लिन व्यस्त बन्छन् । चैत लाग्नेबित्तिकै अभिभावकको मन पनि चैते हुन्छ रे । आप्mना सन्तान पढिरहेको विद्यालयभन्दा अरूका सन्तान पढिरहेका स्कूल राम्रा देख्न थाल्छन् । अभिभावकमा ‘यहाँ पढाउने कि त्यहाँ पढाउने’ भन्ने द्विविधा उत्पन्न भइरहेको हुन्छ । द्विविधाबीच अभिभावक कुदिरहेका हुन्छन् ।
एकथरी अभिभावकको चाहना हुन्छ, महङ्गो शुल्क नै तिरेर भए पनि नाम चलेका विद्यालयमा छोराछोरीलाई भर्ना गर्ने । अर्काथरी अभिभावकको समूह पनि छ, जसले बजारमा नाम चलेका र शुल्कको हिसाबले पनि मध्यम स्तरको संरचना भएको विद्यालयमा छोराछोरी भर्ना गर्ने । त्यसभन्दा पनि फरक सोचाइ राख्ने अभिभावक पनि हाम्रै समाजमा छन् । उनीहरू स्कूलको पढाइ राम्रो छ वा छैन भन्दा पनि मेरो सन्तान बोर्डिङमा पढ्दैछ भन्ने भ्रममा पर्ने । गुणस्तरीय शिक्षा भन्दै सामाजिक प्रतिष्ठा उकास्नका लागि बिहान–बेलुका मजदुरी गरेर गुजारा चलाउने अभिभावकहरूको पनि पहिलो रोजाइ निजी स्कूल नै हुन्छ ।
नेपालमा सरकारी विद्यालयको तुलनामा निजी विद्यालयको शैक्षिक गुणस्तर निकै माथि रहेकोमा कुनै शंका छैन । विशेष गरी एसएलसी वा एसईईको परीक्षाको परिणाम आउँदा यस्तो अन्तर महसुस गर्न सकिन्छ । यद्यपि, निजी विद्यालयहरूमा विकृतिहरूसमेत छँदैछन् । सेवा भावनाले अभिप्रेरित, सेवा र व्यापारलाई सन्तुलन मिलाएर सञ्चालनमा रहेका केही राम्रा निजी विद्यालयहरू पनि छन् जसले नेपालको शिक्षा विकासमा नयाँ सीप, शैली र प्रविधि भित्र्याएर शिक्षालाई गुणात्मक बनाएर विश्व प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति तयार गर्न उल्लेख्य योगदान गरेकै छन् । तर धेरैजसो निजी विद्यालयहरू लगामविनाको अनियन्त्रित घोडाजस्ता छन् जसले अभिभावक र विद्यार्थी तथा सरोकारवाला सबै पक्षलाई आधुनिक गुणस्तरीय शिक्षाका नाममा विभिन्न बहानामा ठगी गरिरहेका छन् । यस्ता विद्यालयलाई राज्यले निगरानीमा राखेर सुधार गर्न गराउन जरुरी छ ।
हामै्र वरपर पनि विभिन्न खालका विद्यालय छन् । कुनै अन्तर्राष्ट्रिय स्तरका भनिन्छन् । तिनमा विद्यार्थी सीमित हुन्छन् । शिक्षकहरू शिक्षाका आधुनिक विधि र प्रविधिसित परिचित हुन्छन् । आवश्यक सम्पूर्ण भौतिक एवम् शैक्षिक पूर्वाधार छन् । त्यहाँ विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिइन्छ । यस्ता विद्यालय सिंहदरबारमै केन्द्रित छन् । विद्यालयको शुल्क चर्को, ठूला नेता, माथिल्लो तहका कर्मचारी र विशेष गरी धनाढ्य वर्गका छोराछोरी पढ्ने त्यहाँ भर्नाका लागि होड नै चल्छ । त्यस्ता विद्यालय विशिष्ट श्रेणीका मानिन्छन् । त्यहाँ पढाउने अभिभावकलाई शुल्क जति भए पनि कुनै परवाह हुँदैन । यस्तै, हामीले देखेकै छौँ, कतिपय विद्यालय आवश्यक भौतिक एवम् शैक्षिक पूर्वाधारयुक्त छन् । ती स्तरीय शिक्षाका लागि प्रतिस्पर्धा गर्छन् । शिक्षक, कर्मचारीलाई नेपाल सरकारले तोकेअनुरूपको तलब, भत्ता दिन्छन् । विद्यार्थीलाई अतिरिक्त कार्यकलापमा बढी सहभागी गराउँछन् । अतिरिक्त जिम्मेवारी लिने शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिएर तिनले गुणस्तर कायम गरेका हुन्छन् । गुणस्तर र सुविधाका कारण सचेत र आर्थिक दृष्टिले समर्थ अभिभावकहरू आप्mना छोराछोरीलाई यस्ता विद्यालयमा पढाउन चाहन्छन् ।
हामीले देख्दै आएको अर्का खालका विद्यालय पनि छन् जहाँ पढ्ने विद्यार्थीको सङ्ख्या अत्यधिक छ । त्यस्ता विद्यालयहरू न्यूनतम भौतिक पूर्वाधार, न्यूनतम शैक्षिक गुणस्तर कायम राख्ने, अगाडि आउन कोशिस गर्ने, शिक्षक–कर्मचारीलाई योग्यता र आवश्यकताका आधारमा सम्झौता गरी सुविधा दिने खालका छन् । यस्ता विद्यालय केही शहरमा र धेरैजसो शहरोन्मुख गाउँमा छन् । हाम्रै वरिपरि यस्ता विद्यालय पनि छन् जो ‘बोर्डिङ’ को नामले चलेका छन् । त्यहाँ हाउभाउ बोर्डिङको हुन्छ, शिक्षक–कर्मचारी मेहनत गर्छन् तर तिनले न अभिभावकबाट राम्रो शुल्क उठाउन सक्छन्, न त शिक्षक–कर्मचारीलाई राम्रो सुविधा दिन नै सक्छन् । विभिन्न सुविधा दिएर बटुलिएका विद्यार्थी र धान्ने ध्याउन्नमा सञ्चालित त्यस्ता विद्यालयले जागिरको खाँचो भएका र थोरै पारिश्रमिकमा पनि काम गर्न तयार शिक्षकबाट काम लिन्छन् । यसरी निजी विद्यालय चलेका हुनाले अभिभावकले यस्ता कुरामा पनि ध्यान दिन जरुरी छ ।
विद्यालयको नतिजा हेर्ने कि अन्य पूर्वाधार पनि हेर्ने ?
एक समय थियो, अभिभावकहरू जसरी भए पनि आप्mना नानीबाबुले परीक्षामा राम्रो अङ्क ल्याऊन् भन्ने चाहन्थे । पल्लोघरको सानेले त डिस्टिङ्सन ल्यायो, हाम्रोले पनि ल्याइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्दै छोराछोरीमा बोझ थपिदिने चलनसमेत थियो । दिनरात घोकाएर भए पनि नतिजामा अब्बल पार्नैपर्ने तर अहिले बिस्तारै पढाइको साथमा नैतिक शिक्षाको बहस पनि शुरु हुन थालेको छ । समाजमा योग्य नागरिक भएर बस्ने हो भने पढाइको साथमा समाजका हरेक गतिविधिमा सक्रिय सहभागी हुनुपर्छ । समाजका हरेक रीतिरिवाज, परम्परा, संस्कृति तथा मौलिकता आदिका विषयमा पनि विद्यार्थीलाई जानकारी गराउनुपर्छ भन्ने पक्षमा उभिन थालेका छन्, अभिभावकहरू । त्यसैले समग्रमा भन्दा उत्कृष्ट विद्यालय हुन भौतिक सुविधा, युगसुहाउँदो पाठ्यक्रम, प्रविधियुक्त शिक्षा, अतिरिक्त क्रियाकलापमा ध्यान, समयसापेक्ष शुल्क, तालीमप्राप्त शिक्षक–शिक्षिका र पर्याप्त पूर्वाधार आजको आवश्यकता हो भन्ने हो भन्ने कुरा पनि नभुलौँ ।
नजिकको विद्यालय रोजौ“
नजिकको विद्यालय छान्नु आजको आवश्यकता हो । धेरैजसो अभिभावक नजिकको तीर्थ हेला भनेभैmँ गर्छन् । कतिपय अभिभावकको पढाइ राम्रो हुने, ठूलो बिल्डिङ भएकै भरमा विद्यालय फेर्ने चलन छ । यस्तै, राम्रा, हाम्रा र गुणस्तरीय शिक्षाको आशमा आप्mना नानीहरूलाई पायक पर्नेभन्दा पनि टाढा–टाढाका विद्यालयमा भर्ना गर्न तम्सिन्छौँ । यसो गर्दा विद्यार्थीले बसको यात्रा गर्नुपर्ने हुन्छ । बसमा असिनपसिन हुँदै विद्यालय पुग्छन् । धूलो, धुँवा खानु त स्वाभाविक हो तर विद्यालयमा निदाएरै, ¥याल, सिँगान हुँदै स्कूल पुग्छन् । विद्यालय पुगेपछि प्रिन्सिपलको गाली खान्छन्, धूलैधूलो अनि ¥याले–सिँगाने भएर स्कूल आइपुगेछन् भन्दै । यसले बालबालिकाको सिकाइ र मनोविज्ञानमा नराम्रो असर पर्न जान्छ । त्यसैले नजिकको विद्यालय रोजौँ र त्यहाँ पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भन्दै दवाब भए पनि सिर्जना गर्न सकौँ ।
समग्रमा भौतिक पूर्वाधार, व्यवस्थापन, वातावरण, शुल्क निर्धारण, सामाजिक–सांस्कृतिक परिवेश, प्राविधिक शिक्षा प्रणाली, दक्ष तथा अनुभवी शिक्षक, नैतिक तथा व्यावसायिक शिक्षा, अतिरिक्त क्रियाकलाप, विद्यार्थीहरूलाई पढ्न प्रोत्साहित गर्ने शैली, शहरमा प्रधानाध्यापकको चिनारी, अभिभावकहरूसँग विद्यालयले गर्ने छलफल, अन्तत्र्रिmया, विद्यालयमा पढाउने तरिका र शिक्षण सामग्रीको उपलब्धता, बालमैत्री, विद्यार्थीको चाप, विद्यार्थीलाई दिइने सुविधा, विद्यालय परिवारको संस्कार लोकतान्त्रिक छ कि छैन जस्ता कुरामा एउटा अभिभावकले सोच्नैपर्छ ।
स्कूल फेर्न माहिर अभिभावक
अहिलेका अभिभावकमै विृकति मौलाउँदो छ– वर्षेनी स्कूल फेरिरहने । यो स्कूलमा राम्रो छैन अरे, अब यसपटक स्कूल फेरेरै छाड्छु । अभिभावकका यस्तै कुरा सुनिन्छन् । अभिभावकले सोच्दैनन्– यसले बाल मस्तिष्कमा कस्तो प्रभाव पार्छ ? विद्यालय बाक्लै परिवर्तन गर्दा बाल मस्तिष्कमा कस्तो प्रभाव पर्छ त ? समयानुकूल स्तरीय विद्यालय रोज्नु गलत होइन । विद्यालयमा कायम रहेको शैक्षिक गुणस्तरको ख्याल नै नगरी आप्mनो अन्य अनुकूलताका कारण बारम्बार विद्यालय परिवर्तन गरिनुले बालबालिकामा नकारात्मक असर पर्छ । मनोविद् भन्छन्–स्कूल फेर्दा विद्यार्थीमा सकारात्मकभन्दा नकारात्मक असर बढी पर्छ । स्कूल सकेसम्म नफेर्दा राम्रो, फेर्नैपरे अभिभावकले धेरै कुरामा ख्याल गर्नुपर्छ ।