धरानः पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बालाई धरानमा सम्मान गरिएको छ ।
उनलाई धरानमा सम्मान गरिएको हो । युएन, नवोदय कलेजले उनलाई सम्मान गरेको छ । विद्यार्थीलाई पनि प्रेरणा मिलोस् भनेर उनलाई सम्मान गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । धरान आएको बेला सम्मान गरिएको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष ज्ञानेश्वर झाले रेकर्डेड महिला प्लेयरलाई सम्मान गर्दा विद्यार्थीले पनि प्रेरणा लिन सकेको बताए ।
‘रेकर्डेड महिला प्लेयरलाई सम्मान गर्न पाउँदा गर्व लागेको छ’, उनले भने, ‘यसले यहाँका विद्यार्थीलाई पनि थप प्रेरणा मिलेको छ ।’ कार्यक्रममा कलेजका प्रमुख तुम्बापो, अध्यक्ष ज्ञानेश्वर झालगायतले उनलाई सम्मान गरेका थिए ।
नेपालकी नम्बर वान गोलकिपर भनेर चर्चित उनको अहिले बायोपिक चलचित्र नै बन्ने तयारीमा छ । चलचित्रमा सधैं चर्चामा रहिरहने पूर्वबाट उदाएका, अर्गानिक भूमिका निभाउने चर्चित कलाकार दयाहाङ राईसहित अन्य नाम चलेका सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ (हैट), पूर्व एसएसपी प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ ।

एन्जिला तुम्बापो सुब्बाले नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको लगभग ६ वर्ष बढी भयो । धरानमा आइपुगेकी उनले भनिन्, ‘राष्ट्रिय टिमबाट झन्डै तीन दर्जन बढी खेल खेलिसकेकी छु, खेल जित्नु नै मेरो जीवन भयो ।’
पाँचथरमा जन्मिएर इलामको सूर्योदय नगरपालिमा हुर्किएकी उनले जीवन सङ्घर्ष भने निकै लामो छ । १२ वर्षको उमेरदेखि खेल्न थालेकी उनले राष्ट्रिय टिममा २०१५ देखि सहभागिता जनाउन थालिन् । सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यु गरेकी उनले भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् । उनी अहिले साष्ट्रिय महिला टिमको गोलकिपर साथै उपकप्तान समेत छिन् ।
१३ वर्षीया उनले धनगढीमा भएको खेलमा अझ चमत्कार देखाइन् । त्यतिबेलै उनले एफिएमबाट खेल्ने मौका उनले पाइन् । एपीएफका टिम व्यवस्थापक प्रेम श्रेष्ठले एन्जिलालाई क्लबमा राख्न भनेर लगेका थिए ।

‘कक्षा–७ सम्म सरकारी स्कुल पढेकी एन्जिलाले पढाइ लगभग छोडिसकेकी थिइन्’, सशस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहेका प्रेम भन्छन्, ‘कक्षा–८ देखि काठमाडौंको स्वयम्भुस्थित अरुणोदय माविमा उनको पठनपाठन अघि बढ्यो र अहिले उनले ‘ब्यालर्स लेवल’ सकिसकेकी छिन् ।’
प्रेम एन्जिलाको टिम व्यवस्थापक मात्र बनेनन्, जीवनको पथ प्रदर्शकसमेत बनेका छन् । धरानमा आइपुगेकी उनले समेत भनिन्, ‘उहाँले फुटबलमात्र सिकाउनुभएन, जीवन बुझाउनुभयो । उहाँको परिवारबाटै हौसला, प्रेरणा पाएँ र सफलता हात पारिरहेकी छु, उहाँलाई म गडफादर मान्छु ।’
‘बिजेता बनेका छौंं’, उनले भनिन्, ‘एकपटक भारतलाई हराएका थियौं, फेरि भारतलाई हराउने र स्वर्ण जित्ने लक्ष्य छँदैछ, जबसम्म यस्तो गर्न सकिन्नँ, केही गरेको जस्तो लाग्दैन ।’ उनले राष्ट्रलाई गोल्ड मेडल दिलाउने लक्ष्यका साथ आफू लागेको बताइन् । ‘यु–१४ मा मैले एक गोल पनि नखाइ गोल्डमेडल जित्न सफल भएको थिएँ, अहिलेसम्म सातवटा देशमा सिल्भर मेडल जिताइसकेको छु’, उनले भनिन्, ‘अब साफ गेममा गोल्डमेडल ल्याएर राष्ट्रलाई योगदान गर्न लाग्नेछु ।’
