संस्कृत भन्नेबित्तिकै विश्वको सर्वप्राचीन एक विशिष्ट भाषालाई बु¤न सकिन्छ । यसभित्र धेरै विषयवस्तु विद्यमान छन् । जसमा व्याकरण, ज्योतिष, साहित्य, आस्तिक दर्शन, महानास्तिक दर्शन, धर्मशास्त्र, पुराण, इतिहास, नाट्यशास्त्र, राजशास्त्र, नीतिशास्त्र, वास्तुशास्त्र, कृषिविद्या, आयुर्वेद, धनुर्वेद, छन्दशास्त्र, गणित आदि विभिन्न विद्याहरू पर्दछन् । आजको युग भौतिक उन्नतिको युग भएकाले पाश्चात्य विद्याको बढी प्रचार भएका कारण कतिपय विषयहरू छायाँमा पर्दै गएकाले ‘संस्कृत’ शब्द सुन्नेबित्तिकै धैरै व्यक्तिहरूले पूजापाठ, कर्मकाण्ड, पुराण आदि धार्मिक वा आध्यात्मिक विषयवस्तुको पर्यायका रूपमा सम्झने गर्दछन् र आध्यात्मिकताप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू यसै कारणले संस्कृतको पठनपाठनबाट विमुख हुने गर्दछन् । संस्कृत पढ्नेहरू चाहिँ यहाँ के देख्छन्, संस्कृतप्रति हुरुक्कै हुन्छन् । उदाहरणका लागि प्रपन्नाचार्य यस्तै एक व्यक्ति हुन् । संस्कृतानुरागी व्यक्तिहरू आप्mनो निजी प्रयासमा संस्कृतको पठनपाठनका निमित्त चन्दा सहयोग, जग्गादान, स्वयं सेवा आदिबाट संस्कृतको जग सुरक्षित राख्न सफल भएका छन् । जनताले संस्कृतका क्षेत्रमा गरेको त्यागबाट सञ्चालित विभिन्न संस्कृत शिक्षण संस्थाहरू र तिनका भौतिक सम्पत्तिहरूको संरक्षण गर्न सरकार पनि अहिले असमर्थ देखिएको छ । अहिले निजी क्षेत्रकै संस्कृतका विभिन्न शिक्षण संस्थाहरू निःशुल्क मात्र होइन, विद्यार्थीहरूका निमित्त वृत्ति र भोजनको समेत व्यवस्था गरेर विभिन्न विषयको शिक्षा दिइरहेका छन् ।
मानिस अहिले भौतिकवादतर्पm पूरै ढल्केको छ र उसको एक मात्र लक्ष्य सुखसुविधा, अर्थार्जन, ऐस, आराम हो । आध्यात्मिकताको पर्यायका रूपमा मानिसले सम्झिने गरेको संस्कृतमा भौतिक क्षेत्रमा गरिएको अध्ययन–अनुसन्धानको अवस्था के–कस्तो छ र पाश्चात्यहरू संस्कृतको पठनपाठनमा किन आकर्षित र लगनशील छन्, अनि उनीहरूले १६ औँ १७ औँ शताब्दीपछि गरेको भौतिक विकास एवं सिद्धान्त प्रतिपादनका कुराहरू कसरी आएका रहेछन्, ती कुराहरूमा संस्कृतभाषी, तपस्वी, ऋषिमुनिहरू कति जानकार, कति विशेषज्ञ र खोजी गरेका रहेछन् भन्ने कुरा राम्रोसँग बु¤नका लागि त संस्कृत नै पढ्नैपर्ने हुन्छ । संस्कृतका जानकार व्यक्तिहरू पनि विशेष गरी संस्कृतभित्रको भौतिक तथा सामाजिक विषयमा अध्ययन–अनुसन्धान गरेर वास्तविकतालाई समाजसामु छर्लङ्याउन सकिरहेको अवस्था नभएकाले संस्कृत अनभिज्ञका मस्तिष्कमा नकारात्मक सोच आउनु स्वाभाविक पनि हो । तसर्थ यहाँ यस्ता केही भौतिक तथा सामाजिक विषयवस्तुको सामान्य जानकारी दिने प्रयत्न गरिएको छ जुन विषयमा पाश्चात्यहरूले अनुसन्धाता र सिद्धान्त प्रतिपादकका रूपमा राम्रै ख्याती कमाएका छन् । यस विषयमा हजारौँ वर्षअगाडि पूर्वीय विद्वान्ले गरेको अध्ययन बु¤ने प्रयास गरौँ ।
ब्रह्माण्डको मूल कारण परमाणु
यही समयका भनेर तोक्न नसके पनि इ.पू.का भनेर सर्वसम्मत रूपमा मानिएका न्याय र वैशेषिक दर्शनकार गौतम र कणादले पृथ्वी, जल, तेज, वायु र आकाश ब्रह्माण्डका भौतिक तŒव हुन् र यी ५ तŒवमध्ये आकाशबाहेकका ४ तŒवहरूको मूल कारण परमाणुहरू हुन् भनेर प्रतिपादन गरेका छन् । ‘यस्मान्नाल्पीयः सः परमाणुः’ अर्थात् कुनै चीज फुट्दै फुटाउँदै जाँदा जब फुट्नै नसक्ने हुन्छ, त्यसभन्दा सानो हुँदैन, त्यो नै परमाणु हो (न्या. सू. ४÷ २÷ १४(१५ ) । परमाणु अदृश्य, नित्य (उत्पन्न पनि नहुने, नाश पनि नहुने) हुन्छ र यिनीहरूको संयोजनबाट नै अनन्त ब्रह्माण्ड बनेका हुन्छन् ।
जालान्तरगते भानौ यत् सूक्ष्मं दृश्यते रजः
तस्य षष्ठतमो भागः परमाणुः स उच्यते । ¤याल आदिका प्वालबाट छिरेका घामका किरणहरूमा तेजिला आँखा भएका व्यक्तिले देख्ने सूक्ष्मातिसूक्ष्म कणलाई त्रसरेणु भनिन्छ र त्यसको ६ भागको एक भाग नै परमाणु हो । कतै ‘षष्ठतमो भागः’ का ठाउँमा ‘षष्ठितमो भागः’ साठीऔँ भाग भन्ने पाठान्तर पनि पाइन्छ । धेरै पूर्वीय दार्शनिकहरू ब्रह्माण्डको मूल कारणका विषयमा एक मत छन् । बौद्ध दर्शनअन्तर्गत वैभाषिक सम्प्रदायको अभिमतमा ७ परमाणुको १ अणु, ७ अणु १ लोहरज, ७ लोहरज १ अब्रज, ७ अब्रज १ शशरज, ७ शशरज १ अविरज, ७ अविरज १ गोरज र ७ गोरज १ छिद्ररज (घामका किरणमा देखिने सूक्ष्मकण(त्रसरेणु) हो ।
आकाशीय पिण्डहरूको उत्पत्ति( बिग ब्याङ्क थ्यौरी
अहिले अन्तरिक्षमा हाम्रै ब्रह्माण्डमा मात्र खरबौँ सूर्य र तिनका परिवार ग्रह–उपग्रहहरू विद्यमान छन् र ती सबै एउटा महापिण्डको विस्फोट भएर त्यसबाट उछिट्टिएका टुक्रा हुन् । ऋग्वेद (हिरण्यगर्भः समवर्तताग्रे... १०, १२१, १) मा भनिएको छ कि–‘सृष्टिका क्रममा सर्वप्रथम अन्तरिक्षमा हिरण्यगर्भ नामक पिण्ड उत्पन्न भयो । भौतिक वस्तुहरूमा सर्वप्रथम प्रकट भएको ग्रहको पति त्यही नै थियो । पृथ्वीलगायत आकाशमा हाल विद्यमान् पिण्डहरू उसमै अन्तर्निहित थिए’ । त्यो पिण्डको विस्फोट भएर अन्य पिण्डहरूको उत्पत्ति भएको कुरा यत्रतत्र बताइएको छ । उक्त वैदिक ऋचाको एक व्याख्या यजुर्वेदमा उल्लिखित पुरुषसूक्त पनि हो र बृहदारण्यक आदि विभिन्न उपनिषद् र भागवत आदि पुराणहरूमा पनि स्पष्ट व्याख्या विश्लेषण पाउन सकिन्छ । पाश्चात्य जगत्मा यसलाई बिग ब्याङ्क थ्यौरी भनिन्छ र रसियाको युक्रेनमा १९०४ मा जन्मिएका अमेरिकी भौतिकशास्त्री जर्ज गियामो यस सिद्धान्तका प्रतिपादक हुन् भनेर प्रचार गरिएको छ । पाश्चात्यहरूको त कुरै छाडौँ, पूर्वीय विद्वान्हरू पनि यही सुगा रटाइमा मस्त छन् । ‘हिरण्यगर्भ इति यत् हिरण्यण्डसमुद्भवः’ अर्थात् हाम्रो सूर्य पनि त्यही हिरण्यगर्भ पिण्डबाट उत्पन्न भएकोले यसलाई हिरण्यगर्भ भनिन्छ
(भागवत ५÷२÷४४) । नक्षत्र, चन्द्र, ग्रह आदि पिण्डहरू पनि सूर्यबाट प्रकट भएका हुन् (ऋक्षचन्द्रग्रहाः सर्वे विज्ञेया सूर्र्यसम्भवाः (वायु पुराण ५३÷३८) । अतः बिग ब्याङ्क थ्यौरी हजारौँ वर्षपूर्व प्रतिपादन गरिएको वैदिक थ्यौरी हो, यसमा कुनै सन्देह छैन ।
शक्ति
हिरण्यगर्भ पिण्डको विस्फोटबाट एकैपटक उछिट्टिएर अस्तिŒवमा आएका आकाशीय पिण्डहरू पारस्परिक शक्तिका आधारमा रहेका हुन्छन् । यी पिण्डमा रहेको आकर्षण शक्तिका कारण निश्चित क्षेत्रभित्र पुगेको गुरुŒववाला वस्तु पिण्डको शक्तिद्वारा आकर्षित भएर पिण्डमा झर्छ । यो कुरा वैशेषिक दर्शनकार कणादले ‘संयोगाभावे गुरुत्वात् पतनम्’ (वै. सू. ५।१।१८) भनेर आप्mनो सूत्रमा भनेका छन् भने १२ औँ शताब्दीका खगोलविज्ञ भास्कराचार्यले अझ स्पष्ट पार्दै भनेका छन्– पृथ्वीमा आकर्षण शक्ति हुन्छ र त्यही शक्तिका कारण पृथ्वीले आकाशमा आप्mनो शक्तिभित्र रहेको गुरुत्ववाला वस्तुलाई आपूmतिर तान्दछ र त्यसलाई हामी झरेको भन्दछौँ (सिद्धान्त शिरोमणिः गोलाध्याये भूवनकोष (६) । बेलायत निवासी १७ औँ शताब्दीय विचारक न्यूटनले गुरुत्वाकर्षण शक्ति पत्ता लगाएको भनेर हाल पढ्ने–पढाउने गरिन्छ तर गुरुत्वका बारेमा यति स्पष्टसँग बताउने इ.पू.का कणाद र १२ औँ शताब्दीका भास्कराचार्यको हाम्रै समाजमा पनि नाम निसान छैन ।
रङको स्रोत
पाश्चात्य विज्ञानमा रङको स्रोतका रूपमा सूर्यको किरणलाई मात्र मानिएको पाइन्छ । यस सिद्धान्तका प्रतिपादक पनि न्यूटन नै मानिएका छन् । तर गौतम र कणाद महर्षिका अनुसार सूर्य किरण, अग्नि आदि अन्य तापका जे जति स्रोतहरू छन्, ती सबैबाट रङको उत्पत्ति हुन्छ । रङ मात्र होइन, तापबाटै रस (स्वाद), गन्ध र स्पर्शको उत्पत्ति हुन्छ । यसमा भट्टीमा हालेर पोलिएका माटाका भाँडाकुँडा तथा इँटा र दूधलाई दृष्टान्तको रूपमा प्रस्तुत गरिएको पाइन्छ । कालो माटोले बनाइएको कालो गाग्रो भट्टीमा पोलेपछि रातो बन्छ । त्यहाँ सूर्यकिरणको प्रयोग छैन । गाईभैँसीको पेटको तापले घाँसमा रहेको हरियो रङ, रस, गन्ध र स्पर्शमा परिवर्तन भएपछि दूध र दूधको रूप, रस, गन्ध र स्पर्श बन्दछ । दूधबाट दही, दहीबाट नौनी र नौनीबाट खरुवा घ्यू बन्दछ र तिनीहरूमा आ–आप्mनो रूप, रस, गन्ध र स्पर्श उत्पन्न भएका हुन्छन् । यो केवल शरीरको तापका कारण भएको हो । यसलाई न्यायवैशेषिक ग्रन्थहरूमा पाकजप्रक्रियाको रूपमा व्यापक रूपले चर्चा गरिएको छ ।
अन्तरिक्षको अध्ययन
वैदिककालमा नै अन्तरिक्षको अनुसन्धान गर्ने क्रममा ऋषिमहर्षिहरूबाट व्यापकरूपमा अध्ययनको अभियान चलाइएको थियो र त्यसमा लाखौँ चम्किला पिण्डहरूमध्ये यी ग्रह हुन्, यी नक्षत्र हुन्, यी राशि हुन्, यी सूर्य वा तारा हुन् भनेर पत्ता लगाइएको छ र तिनीहरूका गतिका बारे पनि अध्ययन गरिएको छ । यसैकारण यसदिन यति बजेदेखि यति बजेसम्म यो ग्रहण लाग्छ भनेर कैयौँ वर्षअगाडि नै ग्रहगतिका आधारमा भविष्यवाणी गरिएको हुन्छ ।
अनन्त आकाशमा हिरण्यगर्भजस्ता महाअण्डहरू पनि अनन्त नै हुन्छन् र तिनको विस्फोटनबाट अनन्त ब्रह्माण्डको निर्माण र विनाश प्रक्रिया निरन्तररूपमा चलिरहेको कुरा विभिन्न वेद, उपनिषद्, दर्शन, पुराण आदिमा बताइएको पाइन्छ । महर्षि व्यासले भनेका छन्– लक्ष्यन्तेऽन्तर्गताश्चान्ये कोटिशो ह्यण्डराशयः (भागवत ३÷११÷४०) । अर्थात् यस अन्तरिक्षमा करोडौँ अण्डराशिहरू अर्थात् ब्रह्माण्डहरू देखिन्छन् । हामीले देख्न नसक्ने त अगणनीय नै हुन्छन् । भनिएको छ– संख्या चेद्रजसामस्ति न विश्वानां कदाचन (देवी भागवत) । भनिएको हो कि–बरु धुलाका कणहरूको गणना होला तर ब्रह्माण्डको गणना गर्न सकिँदैन । केही ऋषिहरू यो हाम्रो सूर्यबाहेक अरू दूर–दूरका ७ वटा सूर्यहरूको अध्ययन गर्न सफल भएको कुरा बताइएको छ र त्यसमा अन्तिमको आठौँ सूर्यको नाम कश्यप हो । कश्यप नामको सूर्य ज्यादै विशाल रहेको र उसमा अत्यधिक मात्रामा सृष्टिशक्ति रहेको र त्यो शक्ति अन्य सूर्यमा पनि सङ्क्रमण हुने कुरा बताइएको छ ।
ग्रहगति
पूर्वीय ज्योतिर्विज्ञानअनुसार सूर्य आप्mनो परिवारको केन्द्रमा रहेर सम्पूर्ण ग्रहहरूलाई साथमा लिएर ध्रुवताराको भ्रमण गर्दछ ।
सर्वे ध्रुवनिबद्धा वै ग्रहास्ते वातरश्मिभिः
भ्राम्यमाणा यथायोगं भ्रमन्त्यनुदिवाकरम् । (कूर्म पुराण ४१÷२६) ।
पिण्डमा रहेको आकर्षण शक्ति पिण्डका वरिपरि निश्चित दूरीसम्म किरणका रूपमा पृथ्वीको वायुमण्डलभैmँ पैmलिएको हुन्छ । त्यसैले आकर्षण शक्तिलाई यहाँ ‘वातरश्मि’ भनिएको छ । यही वातरश्मिका आधारमा सूर्य आप्mनो कक्षमा भ्रमण गरिरहेको हुन्छ । सृष्टिको प्रारम्भमा सूर्यको मात्र होइन, चन्द्रमाको परिक्रमा गर्ने पिण्डहरू पनि थिए–
सुप्रभाणि च ज्योतिंसि चक्रुरर्कं प्रदक्षिणम्
दिप्तिमन्ति च तेजांसि चन्द्रं चक्रुः प्रदक्षिणम् ।
(हरिवंश पुराण ४२÷४५)
अन्तरिक्षका सम्पूर्ण तारा, नक्षत्र, सूर्य आदि पिण्डहरू निरन्तर भ्रमणशील छन् । चतुर्थ शताब्दीय पूर्वीय विद्वान् आर्यभटले– पृथ्वी स्थिर छैन, यो निरन्तर भ्रमणशील छ भनेर सर्वप्रथम घोषणा गरे । पाश्चात्य जगत्मा १७ औँ शताब्दीका निकोलास कोपर्निकसले पृथ्वी घुम्छ भनेका हुन् तर चतुर्थ शताब्दीका आर्यभटको नाम कमैलाई मात्र थाहा छ ।
ग्रहहरूको अध्ययन गर्ने क्रममा ऋषिमहर्षिहरूले महŒवपूर्ण र कष्टसाध्य कार्य गरेका छन् । बिहान–बेलुका आकलझुकल मात्र देखा पर्ने बुधग्रह योगशक्तिकै भरमा पत्ता लगाउनु चानचुने कुरा होइन । विशालताको आधारमा नै बृहस्पति नामकरण गरिएको ग्रह १२ वर्षमा र शनिले लगभग ३० वर्षमा १ परिक्रमा लगाउने कुरा पत्ता लगाउनु पनि सामान्य साधनाद्वारा सम्भव छैन । चन्द्रमाले लगभग २७ दिनमा परिक्रमा गर्ने कुरा पनि हजारौँ वर्ष पहिले ऋषिमहर्षिहरूले पत्ता लगाइसकेका हुन् ।
जीवको अध्ययन
पृथ्वीमा सर्वप्रथम अमीबाजस्ता सूक्ष्म जीवहरू पानीमा प्रकट भएका र उनीहरूबाटै मानवलगायत पृथ्वीमा हाल विद्यमान् सम्पूर्ण प्राणीहरूको विकास भएको हो भन्ने कुरा हाल प्राणीविकास सिद्धान्तमा पढ्ने पढाउने गरिन्छ र यो थ्यौरी प्रमाणित गर्ने भनेका १७ शताब्दीय चाल्र्स डार्विन हुन् । पूर्वीय वैज्ञानिकहरूले यसबारेमा के भनेका छन् भन्ने हामीलाई थाहा नहुन सक्छ । पूर्वीय दर्शनमा चार्वाकबाहेक अरू सबै विचारकहरूले एकमतले सृष्टिकर्तालाई स्वीकारेका छन् । यसमा मनुले भनेका छन्– अप एव ससर्जादौ तासु वीर्यमवासृजत् । पृथ्वीमा सर्वप्रथम पानी (समुद्र) को सृष्टि गरेर त्यसमै जीव सृष्टिका लागि सृष्टिकर्ताले वीर्य सेचन गरे । भनाइको मतलब पानीमै सर्वप्रथम जीवको प्राकट्य भयो । त्यसमा सर्वप्रथम वनस्पतिहरूको प्रादुर्भाव भएको कुरा बताइएको छ । यसरी उद्भिज्ज वर्गमा पर्ने वनस्पतिहरू जीव हुन् भन्ने कुरा हजारौँ वर्षअगाडि बताइएको हो । प्राणीविकासका सम्बन्धमा महर्षि व्यासले स्पष्ट उल्लेख गरेका छन्– परमात्माले आत्मशक्तिद्वारा पक्षी, सरीसृप, विविध पशु, झिँगा, माछा आदि सृष्टि त गरे तर उनलाई सन्तुष्टि मिलेन र जब परम् ज्ञानशील मानव जातिको सृष्टि भयो, तब ऊ सन्तुष्ट भए (सृस्ट्वा पुराणि विविधान्यजयात्मशक्त्या...भागवत ११ ।..) । मानवको विकास सबभन्दा पछि विकास भएको हो भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । वैदिक, पुराण आदि दर्शनमा वर्णित अवतारवादको क्रमले प्राणीविकास प्रक्रियालाई अझ स्पष्टसँग प्रतिपादन गरेको छ । अवतरित प्राणी त्यो युगको प्रतिनिधि पात्र हो । सर्वप्रथम पृथ्वीमा जलजन्तुको सृष्टि भएको कुरा पहिलो मत्स्य अवतारबाट स्पष्ट हुन्छ भने त्यसपछि उभयचर प्राणीको विकास भएको कुरा दोस्रो कछुवा अवतारले बुझाउँछ । त्यसपछि वनोन्मुख प्राणीहरूको विकास भएको कुरा वराह अवतारबाट र त्यसपछि वनबाट ग्रामोन्मुख प्राणीको विकास भएको कुरा नृसिंह अवतारबाट स्पष्ट हुन्छ । नृसिंह अवतार जो वन्य सिंह र नर ग्रामीणको स्वरूप हो । त्यसपछि पृथ्वीमा मानवको विकास भएको र त्यसमा पनि सर्वप्रथम साना आकारका मानवको विकास भएको कुरा वामन अवतारबाट स्पष्ट हुन्छ । त्यसपछि जसको शक्ति उसको भक्तिलाई चरितार्थ गर्ने मानवको विकास भएको कुरा परशुराम अवतारबाट स्पष्टिन्छ । अन्त्यमा कानूनी राज्यको अवधारणाअनुसारको मर्यादित मानवीय समाजको प्रादुर्भाव भएको कुरा राम अवतारले पुष्टि गर्दछ ।
पर्यावरणको शुद्धतामा सचेतता
वातावरणसँग प्राणी मात्रको जीवन गाँसिएको हुन्छ । हाम्रो समाज र गाउँघरको स्वच्छ वातावरणले हाम्रो जीवनलाई स्वस्थ र सुखी बनाउँछ भने दूषित वातावरणबाट जीवन खतरामा पर्न सक्तछ । तसर्थ वैदिक संस्कृति नै यस्तो संस्कृति हो जो स्वस्थ वातावरणप्रति सजग र सचेत भएर वातावरणको संरक्षण गर्नु पुण्य र विनाश गर्नुलाई पाप सम्झन्छ । नदीनालाको स्वच्छता तथा वनजङ्गलको अभिवृद्धिका लागि वनपाखा तथा बाटाघाटामा वरपिपलका वृक्षहरू रोप्ने, घरघरमा तुलसी रोपेर तिनीहरूको सुरक्षाका निम्ति पूजा गर्ने एवम् अनावश्यक रूपमा वनजङ्गलको विनाश गर्ने व्यक्ति नरक पर्ने मान्यताको संस्कृति वैदिक समाजमा मात्र रहेको छ । त्यस्तै नदीलाई स्वच्छ राख्न नदीलाई तीर्थको मान्यता दिइएको र जहाँ स्नान गर्दा महापुण्य हुने कुरा बताइएको छ । सर्वत्र शान्तिको कामना गर्ने ‘द्यौ शान्ति..’, स्वच्छ पिउने पानीको कामना गर्ने ‘शन्नो देवी..’, स्वच्छ वायु, स्वच्छ समुद्र आदिको कामना गर्ने ‘मधु वाता ऋतायते..’ आदि वैदिक मन्त्रहरूले वातावरण परिशुद्धिको सदाशयतालाई महŒव दिएका छन् ।
यस्ता भौतिक, वैज्ञानिक तथा सामाजिक पक्षलाई महŒव दिएर गरिएका अध्ययन, अनुसन्धान एवम् सांस्कृतिक मान्यताहरू संस्कृत वाङ्मयभित्र प्रशस्त मात्रामा पाउन सकिन्छ । शरीरलाई धर्मको साधन मानेर परोपकारलाई पुण्यको कारक मान्नु अनि ‘सेवा हि परमो धर्मः’ भन्दै अनाथ अशक्तहरूको सेवा गर्नु र उनीहरूलाई भोजन तथा अन्न दान गर्नु महापुण्य हो भनी समाज सेवामा प्रेरणा दिने संस्कार संस्कृतसंस्कार हो । यस्ता छायामा परेका कैयौँ विषयवस्तुहरू संस्कृत वाङ्मयभित्र रहेका छन् जो हामी संस्कृतज्ञहरूको, बेवास्ता, पठनपाठनको अभाव र परमुखापेक्षी प्रवृत्तिले गर्दा पाश्चात्यहरूले फाइदा लिएका, नाम र दाम कमाएका छन् । यसमा जिम्मेवार व्यक्तिहरू सचेत भएर अगाडि बढ्नु आवश्यक छ । अस्तु ।
डा. चन्द्रमणि नेपाल प्राचार्य, पिण्डेश्वर विद्यापीठ, धरान