किशोरअवस्था वा कलेज पुस्तालाई त्यसै भनिएको होइन, ‘गोल्डेन एज’ । गोल्डेन एजलाई सदुपयोग गर्ने अघि बढ्छन् नत्र गोल्डेन एजलाई बिर्सिएर अघि बढ्ने पछि ।
किशोरकिशोरी अवस्थामा प्रवेश गरेपछि शरीर, मन र भावनामा नौलो परिवर्तन हुनु स्भाविक हो । आफना छोराछोरी किशोरावस्था अर्थात् माध्यमिक तहसम्म पुगेपछि देखापर्ने विभिन्न समस्याबाट अभिभावक पनि ग्रसित छन् । छोराछोरीमा हुने शारीरिक, मानसिक परिवर्तन साथै छोराछोरीले के गर्लान्, कसो गर्लान्, छोराछोरीहरु कुलतमा लाग्ने पो हुन् कि, कसैको सङ्त परेर बिग्रने पो हुन् कि भन्ने चिन्ता अभिभावकमा हुन्छ । अहिलेको अभिभावकको सर्वत्र चासोको विषय हो पनि यही हो । किशोरकिशोरीमा पनि के कम उनीहरु यही उमेरमा जिज्ञासु बनिदिन्छन् । यो उमेरमा शरीरमा उर्जा हुन्छ । किशोरकिशोरीले टीनएजमा पाइला टेकिसकेपछि मन बहकिने, जिज्ञासु बन्ने, जे पनि गर्न मन लाग्ने, जे पनि गर्न आँट आउने । किशोरअवस्था वा कलेज पुस्तालाई त्यसै भनिएको होइन, ‘गोल्डेन एज’ । गोल्डेन एजलाई सदुपयोग गर्ने अघि बढ्छन् नत्र गोल्डेन एजलाई बिर्सिएर अघि बढ्ने पछि ।
भोजपुर हतुवागढी गाउँपालिका स्थायी घर भई धरान–१० बसेर महेन्द्र बहुमुखी क्याम्पस बिबिएस प्रथम वर्षमा अध्ययनरत् अनु वान्तवा राई आफू आफ्नो करिअर बनाउन नै भोजपुरदेखि आएकोले त्यसबारेमा अहिले सोच्ने फुर्सदसमेत नभएको बताउँछिन् । ‘बाबुआमाले पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भनेर पठाउनुभएको छ, प्रेमको चक्करमा परेर समय बर्बाद पार्ने समय पनि छैन र यसो गर्नु भनेको बाबुआमाको मर्मविपरीत अघि बढ्नु र बाबुआमाको आँखा छल्नु मात्रै हो ।’
धरान–१६ स्थायी बसोबास भएकी धरान उच्च माविमा कक्षा–११ विज्ञान सङ्कायमा अध्ययनरत् सन्ध्या तुम्वाहाम्फे हेल्पलेसहरुका लागि सहयोग गर्दै अघि बढे उनीहरुबाट पाउने माया नै सच्चा माया भएको ठान्छिन् । मिस लिम्बू–२०१८ को फस्ट रनर अप समेत बनिसकेकी उनी हालसम्म ब्वाइफ्रेण्ड नबनाएको बताउँछिन् । ‘हा हा (हाँसो) छैन, स्टडीलाई पहिलो प्राथमिकता दिँदै केही सामाजिक कार्य गर्ने सोंच बनाएकी छु’, उनले भनिन् ।
निश्चित उमेर पुगेपछि किशोरकिशोरीमा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वभाविक हो । किशोरले किशोरलाई, किशोरीले किशोरलाई मन पराउन थाल्छन् । आपसमा भेट्न, वार्ता गर्न, घुम्न जान मन लाग्छ । किशोरअवस्था विपरीत लिङ्गीप्रति आकर्षित हुनु समस्या होइन । बरु, नहुनु चाहिँ समस्या हो । ‘मलाई अहिले खासमा भन्नुपर्दा खाली करियरको चिन्ता छ, कसरी पढ्ने भन्ने चिन्ता छ । पढेपछि के गर्ने, के बन्ने भन्ने लक्ष्य निर्धारण गर्नुछ, बिहानभरि पढ्यो, दिनभरी होमवर्क, फुर्सदको समय पनि आफूलाई फाइदा पुग्ने कार्यमा हात हाल्यो, यही कुरामा व्यस्त हुन्छु,’ एम्स कलेजमा अध्ययनरत् धरान–१५ की प्रतिमा राईले भनिन् । कलेजले आयोजना गरेको मिस फ्रेसरको उपाधि जितिसकेकी उनले विपरीति लिङ्गीप्रतिको आकर्षण कमन कुरा भएको धारणा राखिन् । मिष्टर फ्रेसर बनेका एम्सकै सोही सोही सङ्कायमा अध्ययनरत् धरान–१७ का जोमन राई अहिलेका कलेज पुस्ताले देखावटी प्रेम गर्दा आफैलाई अनौठो लागेको बताए । ‘प्रेम त सबैसित हुन्छ नि अहिलेका साथीहरु प्रेमको बहानामा ‘हुइँया’ फिँजाउँदै हिँडेको मलाई नराम्रो लाग्छ ।’ उनले तर्क दिए ‘,आमाबाबु, साथीभाइ, दाजु, दिदी, भाइ सबैसित प्रेम हुन्छ र गरिन्छ ।’
विद्यालय, कलेजका किशोर किशोरी हुन् या कलेज पढ्ने युवायुवती एक अर्काप्रति छिट्टै आकर्षित हुन्छन्, छिट्टै विश्वास गर्छन् र विभिन्न प्रकारका तीव्र चाहना गर्छन् । अझ फस्ट लभ नै हो भने त एकअर्काप्रति पूर्णरुपले समर्पित नै हुन्छन् । एक अर्काेको मन कुनै पनि हालतमा दुखाउन चाहँदैनन् । कहिले त एक अर्काेका मन राख्न कै लागि जुन कुसै हदसम्म तल जान पछि पर्दैनन् । एकअर्काप्रति धेरै नै विश्वासी हुन्छन् । त्यही माया र विश्वासमा नै केहीले त एकअर्काबीच तनमन नै सुम्पिन पनि तयार हुन्छन् । यसले नराम्रो नतिजा छाड्छ नै । अधिकाङ्शले निष्कर्ष निकाले–किशोरअवस्थामा हुने विपरीत लिङ्गीप्रतिको आकर्षण खासमा प्रेम होइन । उनीहरु भावनाले होइन, आँखाले प्रेम गर्छन् । शरीरले प्रेम गर्छन् । विपरीत लिङ्गीप्रतिको आकर्षणले नै उनीहरुलाई आपसमा नजिक ल्याउँछ । त्यसैलाई उनीहरुले ‘प्रेम’ भनेर बुभ्mने गर्छन्, खासमा त्यो वासनाले भरिएको हुन्छ ।
युएन÷नवोदय कलेजमा अध्ययनरत् अनिला क्षत्री कलेजपुस्ता वा स्कुले पुस्तामा ‘म्याचुरिटी’ नभएको बताउँछिन् । ‘अहिलेका कलेजपुस्ताको प्रेम आकर्षणले भरिएको हुन्छ, जसले एक अर्कामा द्वन्द्व निम्त्याउँदै लगेको छ’, धनकुटाको पाख्रिबासबाट पढ्न धरान झरेकी उनले थपिन्, ‘छात्रामाथि एसिड प्रहार, छात्रछात्राबीच ग्याङफाइट, छात्रछात्राबीच अफेयर र ब्रेकअप अनि कि कुलतमा लाग्ने कि आत्महत्याको बाटो रोज्ने यी सबै घटना आकर्षण प्रेमका उदाहरण साथै कलेज पुस्ता म्याचुरिटी नभएको प्रष्ट्याउँछ ।’ सोही कलेजमै अध्ययनरत् धरान–११ की नितु राई पनि यही कुरामा सहमत जनाउँदै भन्छिन्, ‘कलेज पढ्नेले आप्mनो करिअर हेर्ने हो, लभ गर्ने समय होइन ।’ स्टडिजभन्दा लवको फिलिङ्समा फोकस हुँदा करिअर बिग्रने मात्रै होइन भविष्य समेत डामाडोलको स्थिति आउने बताउँदै उनले रियल म्यारिज भइसकेका जोडीहरुका लागि प्रेम दिवस साँच्चिकै उपयुक्त भएको तर्क राखिन् । नवोदयकै विन्दु सुब्बा, सावी राई, दिप्ती जिमी, शितल मगर प्रेम भन्दै ‘टाइम वेष्ट’ गर्ने माध्यम बनाउनु राम्रो नभएको तर्क राख्छन् । ‘हामी यही कुरा एकसाथ भन्छौं, प्रेम जति गर, जति टाइम वेष्ट गर तर अन्त्यमा हुन्छ–लेखेको पाइन्छ देखेको पाइन्न त्यसैले विद्यार्थीले आमाबाबुको मर्म विपरीत जानु उपयुक्त हुँदैन ।’
कलेज अवस्थामै प्रेम गर्ने, फिजिकल रिलेसन राख्ने र अनिच्छित गर्भ बोक्ने उपक्रम बाक्लै देखिन्छ । त्यही कारण अहिले किशोरीहरुमा गर्भपतनको दर पनि बढिरहेको छ । जोमन र अनिलाको निष्कर्ष छ, ‘पढ्ने उमेरमा नो लभ नो रिलेसन ।’ सहीरुपमा लिँदै कलेज स्तरको पढाइ पूरा नहुँदै गर्लफ्रेण्ड र व्वाइफ्रेण्ड नफेर्नु, अन्य आवरणका अनुचित कार्य नगर्नु, कक्षा ‘बङ्क’ गनेर पार्क नघुम्नु पनि सबैमाथि सच्चा प्रेम भएको धरान आदर्श कलेजका सुष्मा कार्कीको तर्क छ ।
हत्या, बलात्कारबाहेक चोरी डकैती, दुव्यर्सनी, अपहरण यही उमेरमा हुने हुनाले सबैमा प्रेम, शान्ति भएमा यस्ता घटना पनि कम हुने तर्क राख्छिन् युरेका माविमा अध्ययनरत् कृष्टिना गिरी । प्रा.डा. भीम खतिवडा प्रेम हार्दिकतासँग सम्बद्ध पक्ष हो भन्दै आज अलि सस्तो, बजारिया र विज्ञापनको विषयजस्तो बन्न पुगेको बताउँछन् । ‘मानवीय सभ्यताको विकाससँगै कोरिएका जात, भात, नाक, रङ, पेशा आदि कुनै पनि विभेदलाई नमान्ने शक्तिको एकमात्र स्वरूप प्रेम नै हो । राष्ट्रका सीमा, भूगोलका साँध र यतिसम्म कि मानव र मानवेतर प्राणीसम्मको अन्तर मेटिदिन्छ प्रेमले । दिगो प्रेम, आत्मिक आस्था र पारस्परिक हारर्दिकताको सम्मिलन हो । ‘मुटुको धड्कनमा विश्वास भएर बस मायालुहरू ! तिम्रो प्रेम ओठको मुस्कानमा मात्र सीमित नभएर भोक, कर्म, त्याग र आँसुमा पनि अनुवाद हुनुपर्छ ।’ उनले भने । यो उमेर भनेको जोशमा होस् नहुने उमेर भएको बताउँदै जोशमा होस नभई रिलेसन जोड्ने, जोसमै अनेकथरी अनुचित कार्य गर्ने, अन्त्यमा ब्रेकअप, त्यसपछि पनि समस्या थपिँदै गएको उनको तर्क छ ।