पछिल्लो समय सर्वसाधारणहरु कर्जा पाउनका लागि बैंक वा सहकारी नै पिछे धाउँछन् तर कर्जा पाउँदैँनन् । घरजग्गाको प्रमाणपत्र वा लालपूजाँ, सेयरको प्रमाणपत्र र गाडीको बिलबुक वा रोडपर्मिेट झोलामा बोक्दैँ हिडेर २० ओटा बैंक र ५० ओटा सहकारीमा धाउँदा पनि कतै कर्जा पाइदैँन । लाखौँ जनताहरु अहिले घरजग्गा, सेयर र गाडी धितो राखेर कर्जा पाइन्छ कि भनेर वित्तिय संस्थामा धाउँछन् तर कुनै पनि बैंक वा वित्तिय संस्थाले कर्जा प्रवाह गर्दैन वा कर्जा दिन पैसा नै नरहेको बताउँछन् ।
कुनै सहकारीले २ करोड पर्ने घरजग्गा, गाडी र सेयर छ भने त्यो धितो राखेर १ करोड कर्जा, १० लाख घुस, ५ लाख सेवाशुल्क वा सेयर र ब्याज ४८ प्रतिशतसम्म लिन्छ । त्यस्तै यता कुनै कुनै बैंकले धितो राम्रो छ वा घडेरी राम्रो छ भने १ करोडको धितो भएमा ५० लाख कर्जा दिन्छ , ५ लाख घुस, १ लाख सेवाशूल्क र २० देखि २४ प्रतिशतसम्म ब्याज लिन्छ ।
तर यता तीन कित्ताको साँवाब्याज नतिर्ने बित्तिकै धितो नै खाइदिन्छ । साथै कति मानिसहरुले आपत परेर महंगो धितो राखेर महंगो सेवाशूल्क, घुस र ब्याज दिएर ऋण लिइरहेका छन् । तर जेथो भएपनि घुस दिन नसक्ने र महंगो ब्याज तिर्न नसक्नेहरु ऋण पाउनेबाट वञ्चित भइरहेका छन् ।
व्यक्तिहरुले मिटरब्याजमा ऋण दिने गर्थे वा १ लाख ऋणको महिनाको ५ हजारदेखि ३० हजारसम्ममा लगाउने गर्थे तर अहिले त यो चलन बैंक तथा वित्तिय संस्थाहरुमा चलिरहेको छ । यसरी वित्तिय संस्थालाई घुस दिएर मिटरब्याजमा ऋण लिएकाहरुले यो ऋण तिर्न सक्दैँनन् र उनीहरुले त्यो धितो नै वित्तिय संस्थाको जिम्मामा लगाउनुपर्छ ।
बैंकले ९ प्रतिशतमा दिएको कर्जाको ब्याजदर बढाएर २० प्रतिशत पुग्यो त सहकारीले १६ प्रतिशतमा दिएको कर्जाको ब्याज ४८ प्रतिशतसम्म पुग्यो । हिजो सर्वसाधारणहरुले धितो राखेर कर्जा लिनेबेला पनि यिनीहरुलाई महंगो सेवाशूल्क र घुस दिएका थिए त अब लाखौँ जनताहरु यिनै वित्तिय संस्थाका कारण सडकछाप हुने दिन आएको छ ।
किनभन्दा वित्तिय संस्थामा धितो राखेर लिएको कर्जाको साँवाब्याज नतिर्ने बित्तिकै यिनीहरुले त्यो धितो नै लिलाम गर्छन् । यसरी २ करोडको धितो यिनीहरुले ८० लाखमै खाइदिन्छन् । त्यसैले अब वित्तिय संस्थाबाट ऋण खाने ऋणीहरु कति त आत्महत्या गर्न बाध्य हुन्छन् त कति सडकछाप हुन्छन् । करोडौँ जनताको अब उठीबाँस हुन्छ त घरघरमा रुवाबाँसी हुन्छ ।
वित्तिय संस्थाहरुले सर्वसाधारणलाई यसरी सडकछाप बनाएपनि, मर्नु कि बाँच्नु बनाएपनि अब ढिलोचाँडो यिनीहरु पनि डुब्छन् र भाग्छन् । किनभन्दा वित्तिय संस्था जनताकै बचत वा रकमबाट चलेको हो । तर पछिल्लो समय वित्तिय संस्थामा जनताले रकम राख्न छोडिसकेका छन् । यिनीहरुले पैसा राख्नेलाई थोरै ब्याज र कर्जा लिनेलाई त्यसको दोब्बर ब्याज लिएर ठग्छन् ।
अहिले जुनसुकै बैंकमा जानुस्, पैसा निकाल्नेको लर्को छ । झन् सहकारीले त महिनाको ५ हजारसमेत फिर्ता गर्न सक्दैँन र सहकारीहरु भाग्न थालिसकेका छन् । पछिल्लो समय कर्जा माग्न झोलामा घरजग्गाको लालपूँजा, सेयरको प्रमाण र गाडीको रोडपर्मिेट वा बिलबुक लिएर हिड्नेहरु बताउँछन्, बैंक डुकिसक्यो , सहकारी भाग्यो , त्यसैले अब तपार्इँ पनि आफ्नो रकम बैंक तथा वित्तिय संस्थामा नराख्नुस् ।
त्यस्तै यता कति बैंक ,फाइन्स तथा सहकारीहरुले आफ्नो संस्थामा कर्जा बन्द रहेको भनेर सूचना टाँसेका छन् त कतिले त सूचना नटाँसेपनि कर्जा दिने पैसा छैन भन्छन् । यसबाट त वित्तिय संस्था टाट पल्टेको कुरा राम्ररी बुझिन्छ तर किन सरकार अहिलेपनि यो कुरा बुझ्रदैँन । वित्तिय संस्थामा राखेको रकम सबै सर्वसाधारणले निकालिसकेका छन्, जसले गर्दा वित्तिय संस्थामा पैसा नै छैन र मानिसको घरघरमा पैसाको थुप्रो छ ।
यति छिटो बैंक तथा वित्तिय संस्था टाट पल्टिन्छ वा डुब्छ भनेर जनताले कल्पना समेत गरेका थिएनन् । सर्वसाधारणको अनुहारमा अहिले निराशा देखिन्छ र उनीहरुलाई यसबारे सोधेमा बैंकले पैसा फिर्ता गरेन र सहकारी भाग्यो भनेर उत्तर आउँछ । त्यस्तै यता बैंक तथा वित्तिय संस्थाबाट आफ्नो पैसा निकाल्न पाउनेहरु खुशी भएका छन् त वित्तिय संस्थाबाट पैसा निकाल्न नपाउनेहरुलाई अहिले न त रातमा निन्द्रा नै लाग्छ न दिनमा भोक ।
पछिल्लो समय सार्वजनिक स्थलहरुमा सर्वसाधारणहरु भन्छन्, बैंकले पैसा फिर्ता गरेन त सहकारी भाग्यो । त्यस्तै यता ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्नेहरु भन्छन्, वित्तिय संस्थाको ऋण गरौँ भन्दा पैसा छैन त धितो बिक्री गर्दा मूल्य आउँदैन । वित्तिय संस्थाहरुले पछिल्लो समय ऋणीहरुको दिनैपिछे पत्रपत्रिकामा फोटो निकालिरहेका छन् र चिठी ल्याएर घरमा टाँसिरहेका छन् ।
वित्तिय संस्थाबाट कर्जा खानेहरु अहिले डुबेर वा ऋण तिर्न नसकेर पागल नै भइसकेका छन् त कतिले ऋण तिर्न सक्दैँनौँ भनेर वित्तिय संस्था विरुद्ध नारा लगाइसकेका छन् । दुई वर्षअघिसम्म मेरो सेयर बेच्दा ५० लाख आउने भन्नेहरु अहिले त्यँही सेयर बेच्दा ५० लाख समेत आउँदैन भन्छन् । साथै ५० लाख मूल्य पर्नेबेला त्यँही सेयर धितो राखेर वित्तिय संस्थाबाट २५ लाख कर्जा लिए, २५ लाखको साँवाब्याज नतिर्दा ४० लाख पुग्यो तर सेयर बेच्दा ५० हजार आउने भयो ।
त्यस्तै गरी दुईवर्ष अगाडी ९० लाख आनामा किनेको घडेरी वित्तिय संस्थामा धितो राखेर ५० लाख कर्जा लिए, ५० लाखको साँवाब्याज बढेर ७० लाख पुग्यो तर जग्गाको मुल्य घटेर लाखमा आइपुग्यो । त्यस्तै गाडीमा पनि त्यँही नै भयो । २० लाखको गाडी धितो राखेर १६ लाख कर्जा लिए, साँवाब्याज नतिर्दा २० लाख पुग्यो तर गाडी १ लाखमा झप्यो ।
यसरी वित्तिय संस्थाबाट ऋण खाने ऋणीहरु त चुलुम्मै नै डुबे तर अब डुब्ने पालो बैंक, फाइन्स र सहकारीको । पछिल्लो समय सरकारीदेखि प्राइभेट वा घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने वित्तिय संस्थाहरु डुबेको पाइन्छ । कति बैंक तथा वित्तिय संस्थाहरुले त जनताले आफ्नो रकम निकाल्छन् भनेर घरजग्गा, गाडी र सेयरमा लगानी नगरेको बताइरहेका छन् ।
तर यता पैसाको खाँचो परेर घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिन्छुभन्दा पनि कर्जा पाइदैँन र सस्तोमा यीनीहरु बेच्छुभन्दा पनि किन्ने भेटिदैँन । अहिले कति बैंक, फाइन्स वा सहकारीका कर्मचारीहरु बताउँछन्, पैसा निकाल्न लाखौँको चेक लिएर आउँछन् तर राख्न कोही आउँदैन । वित्तिय संस्थाले नै कर्जा प्रवाह गरेर घरजग्गा, गाडी र सेयरको मूल्य बढेको रहेछ भनेर अहिले थाहा भएको छ ।
त्यस्तै वित्तिय संस्थाबाट कर्जा लिएर घरजग्गा, गाडी र सेयर किन्नेहरु चुलुम्मै डुबे र उनीहरुको रुवाबाँसी भयो । घरजग्गा, गाडी र सेयर किन्न चाहाने अहिले कोही छैन त बेच्नेको लर्को छ । जसको पनि घरमा एउटै कुरा सुनिन्छ, वित्तिय संस्थाको ऋण तिर्न नसक्ने भयो त धितो बेच्छुभन्दा बिक्री हुदैँन । हिजो घर हुनेहरु वित्तिय संस्थाको ऋण तिर्न नसकेर भाडामा बस्ने दिन आएको छ त हिजो कार चढेर हिड्नेहरु आज भाडाको गाडीमा हिड्नुपर्ने दिन आएको छ ।
ह्ेर्दाहेर्दै करोडौँ जनताहरु वित्तिय संस्थाकै कारण सडकछाप हुन पुगेका छन् । अहिले यातायात व्यवसाय, होटेल व्यवसाय, उघोग व्यवसाय वा अन्य व्यापार व्यवसायीहरुले अब हामी वित्तिय संस्थाको ऋण तिर्न सक्दैँनौँ भनेर हात उठाइसकेका छन् । कति व्यवसायीहरुले त वित्तिय संस्थाबाटै ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेका हुन्छन् र लुगा पनि ऋण नै लिएर किनेका हुन्छन् ।
अब यीनीहरु त डुबि नै हाले तर बैंक तथा वित्तिय संस्थाहरु पनि डुबेर हरिबिजोल हुने दिन आएको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले पनि आफु डुबेको महसुस गरिसकेका छन् ,त्यसैले पनि यिनीहरुले डिपोजिटको बढी ब्याज दिन्छु भन्दै प्रचारप्रसार गरिरहेका छन् । बैंकले मुद्दती खातामै २० देखि २४ प्रतिशत ब्याज र सहकारीले ३६ प्रतिशत भन्दै छ ।
मालपोत कार्यालयमा दिनको १ ÷२ ओटा समेत घरजग्गा नामसरी हुदैँन भने यातायात कार्यालयमा त्योपनि हुदैँन । यता सेयर पनि एक दिन बढ्छ त अर्को दिन घट्छ । सेयरमा लगानी गर्नु भनेको जुवाँतास नै खेल्नु हो । पछिल्लो समय सेयरमा लगानी गर्ने ५४ लाख जनताले सेयरमा जुँवा खेलेका छन् जसले गर्दा आज उनीहरु डुब्ने अवस्थामा पुगेका हुन् ।
अहिलेपनि कतिहरु घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ भनेर भनिरहेका छन् तर त्यो बढ्ने अवस्थामा देखिएको छैन । अबको २० वर्षसम्म पनि यिनीहरुको मूल्य बढ्ने अवस्थामा छैन । रातारात अर्बपति भएकाहरु आज रातारात सडकपति हुन पुगेका छन् । त्यसैले अब देशमा सुकुम्बासी, बेराजगारी हवात्तै बढ्छ र भोकमरी सुरु हुन्छ ।
त्यस्तै सरकारले देश श्रींलका नभएको भनेर घोषण नगरेपनि जनताले देशको अर्थतन्त्र श्रींलका भएको भनेर घोषण गरिसकेका छन् । वित्तिय संस्थाबाट धितो राखेर ऋण खानेहरुले पनि ऋण तिर्न सक्दैँनन् र ढिलोचाँडो उनीहरुको फोटो पत्रपत्रिकामा निस्की कालोसूचीमा जाने हो । सबैको घरजग्गा, गाडी र सेयर वित्तिय संस्थाकै नाममा छ । यस वस्तुहरुमा वित्तिय संस्थाको ९८ प्रतिशत कर्जा लगानी रहेको छ ।
अहिले ऋणीहरु त चुलुम्मै डुबि नै हाले तर वित्तिय संस्थामा ब्याज खान पैसा राख्नेहरु पनि डुबिसकेका छन् । त्यस्तै वित्तिय संस्थाहरु पनि डुबेर भाग्ने अवस्थामा पुगेका छन् । अहिले दिनहुँ २० देखि २५ ओटा सहकारीहरु भागिरहेका छन् र सहकारीले पैसा नदिँदा सर्वसाधारणको घरमा रुवाबाँसी चलिरहेको छ ।
अब बैंक तथा वित्तिय संस्थाका सञ्चालक वा कर्मचारीहरु कि त भाग्छन् होइन भने जेलमा बस्छन् । त्यसैले अब यिनीहरुलाई जेलमा राख्न जेलमा समेत ठाउँको अभाव हुने छ । तर वित्तिय संस्थाकै कारण आज करोडौँ जनताको उठीबाँस भयो । जनताहरुले पनि ब्याजको लोभमा वित्तिय संस्थामा पैसा राखे र धितो राखेर कर्जा पाइयो भनेर मिटरब्याजमा कर्जा लिए ।
पछिल्लो समय अर्थविद् तथा विज्ञहरु बताउँछन्, घरजग्गा, गाडी र सेयरमा मन्दी आयो, ५० वर्षअघिको मूल्यमा झप्यो । अझै यी क्षेत्रमा मन्दी आउँछ र देशमा ठूलो आर्थिक संकट आउँछ भनेर भन्छन् । जो मानिसले वित्तिय संस्थाबाट ऋण लिएका छैन यिनीहरुलाई केसको पनि चिन्ता छैन तर जो मानिसले वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरेका छन्, यिनीहरुलाई अहिले वित्तिय संस्थाको ऋण तिर्न नसकेर मर्नु कि बाँच्नु भइरहेको छ । बुबाआमाले वित्तिय संस्थाबाट खाएको ऋणको मार उसको छोराछोरीले समेत भोग्नुपर्छ । त्यसैले अब हामीहरु हाम्रो गल्तीका कारण आफ्नो छोराछोरीलाई मारमा नपारौँ ।
रुषा थापा