धरान–१५ मा स्थापना भएको चिल्ड्रेन्स हाउस मन्टेश्वरी एण्ड ट्रेनिङ सेन्टर पूर्वमै पहिलोपटक सिटीईभिटीद्वारा मान्यताप्राप्त हो ।
वास्तविक मन्टेश्वरी विधिद्वारा २०६६ सालमा ले अहिले सानासाना नानीहरुलाई अध्यापन मात्रै गराएको छैन, दक्ष जनशक्ति पनि तयार गर्दै आएको छ । यहाँ मनोरञ्जनात्मक, सिर्जनात्मक र प्रयोगात्मक रुपमा सीप साथै अध्यापन गराइन्छ । यो चिल्डे«न्स हाउस अहिले धरानकै लोकप्रिय मात्रै छैन शैक्षिक विकासका लागि भूमिका पनि खेल्दै आएको छ ।
दक्ष तथा अनुभवी प्रिन्सिपल, शिक्षक शिक्षिकाद्वारा खोलिएको यो मन्टेश्वरी स्कुल पनि निकै राम्रो मानिन्छ । निकै शान्त तथा आरामदायक वातावरणयुक्त छ । यो स्कुलले विश्वव्यापी मान्यता पाएको मन्टेश्वरी शिक्षा प्रदान गरिरहेको छ । यहाँ बालबालिकाहरुलाई निकै रमाइलो तथा बुझ्न सक्ने गरी कुनै पनि विषयमा जानकारी दिइन्छ । यो स्कुलले विद्यार्थीहरूको भावना बुझेर सिकाउने काम गर्छ । रमाइलो पाराले सिकाउँदा बालबालिकाहरुले उत्साहित भएर सिक्छन् । सदैव प्रोत्साहित गरिने भएकाले बालबालिकाहरू कुनै पनि विषयमा सवाल जवाफ गर्न डराउँदैनन् । प्रत्येक विद्यार्थीलाई राम्रो हेरचाह हुन्छ । यहाँ बालबालिकाहरुको चौतर्फी विकासका लागि तयार गरिएको मिश्रित पाठ्यक्रमलाई पछयाइएको छ ।
स्कुलकी प्रिन्सिपल पार्वती तुम्वाहाम्फे (राई) भन्छिन्, ‘सबै जातिका संस्कार, संस्कृतिलगायतका कुराहरुले बालबालिकालाई बौद्धिक एवं मानसिकरुपमा दक्ष बनाएको छ ।’ उनी थप्छिन्, ‘यसरी तयार गरिएको पाठ्यक्रमअन्तर्गत वायुमण्डल, प्राकृतिक विज्ञान, मानव अनुभव, साहित्य, आर्ट, इतिहास, संस्कृति, नैतिक शिक्षा, आर्थिक तथा विज्ञानका विÈयमा फरक(फरक तरिकाले अध्यापन गराइन्छ ।’
स्कुलले तातो तथा स्वस्थकर खाना खुवाउँछ । हरेक महिनाको मेनु मौसम तथा बालबालिकाहरुको रुचिअनुरुप तयार गरिन्छ । खानामा पौष्टिकतामा निकै ध्यान पुरयाइन्छ । स्कुलकी प्रिन्सिपल तुम्वाहाम्फे भन्छिन्, ‘नानीहरुको स्वास्थ्य राम्रो होस् भनेर ख्याल गर्दै आएका छौं ।’ विभिन्न हेल्दी बेबी कन्टेष्टजस्ता प्रतियोगिताहरुमा भिडेर नानीहरुले पुरस्कार हात पार्दा स्कुललाई अझ सफलता मिलेको उनी बताउँछिन् । उनले भनिन्, ‘हामीले धरानमा हुने विभिन्न हेल्दी बेबी कन्टेष्टमा सहभागिता जनाउँदै आएका छौं, त्यसमा हाम्रा नानीहरुले हारेका छैनन् यसले पनि स्वास्थ्यमा ध्यान दिइन्छ भन्ने कुरालाई पुष्टि गर्दछ ।’ यहाँ अध्यापनका साथमा बानी व्यवहार, खाने बानी, बोली व्यवहार, सरसफाइ तथा अतिरिक्त क्रियाकलापमा पनि उतिकै ध्यान पु¥याइन्छ । यहाँ एकअर्कालाई आदर गर्ने, बाँडेर खाने, खेल्ने तथा पढ्ने बानी विकसित गराइन्छ । बालमैत्री वातावरणयुक्त यो स्कुलमा विद्यार्थीलाई न्यानो माया, सुरक्षित वातावरण, सम्मान, सहयोग, सामाजिक बन्ने खुबीमा जोड, मनोवैज्ञानिक बुझाइलाई आत्मसात् गर्दै चौतर्फी विकासका कुरा सिकाइन्छ ।